१६ बैशाख २०८१, आईतवार

धनगढीमा दुई दिन् युवा वैज्ञानिक सम्मेलन शुरु



धनगढी/ नविन खोज, अनुसन्धान र विकास भन्ने उद्धघोषका साथ दुई दिने युवा वैज्ञानिक सम्मेलन शुक्रबारदेखि धनगढीमा शुरु मएको छ ।

सम्मेलनमा रोवटिक्स फुटवल र यन्त्र रोवेटिक्स रेस सम्वन्धी प्रतिस्पर्धा भइरहेको छन् । फुटवलमा ११ र रेसमा १६ टीमका बीचमा प्रतिस्पर्धा भइरहेको छ । दुईवटै विद्याका विजेता खेलाडीलाई पुरस्कार पनि दिइने भएको छ ।

ती प्रतियोगिताका लागि कैलाली कञ्चनपुर, बैतडी, बझाङ, दार्चुला लगायतका जिल्लाबाट आएका युवा तथा विद्यार्थीहरु दुई सय जना सहभागी छन् ।

युवा वैज्ञानिक सम्मेलनमा सुदूरपश्चिममा साथै सुर्खेत र काठमाडौबाट आएकाहरुले समेत विभिन्न खालका प्रदर्शनी र सिकाउने काम गरिरहेको मुल आयोजक सुदूरपश्चिम प्रदेश सरकार अन्तरगतको प्रदेश युवा परिषदका सदस्य सचिव युवराज कुँवरले बताए ।

दुई दिने कार्यक्रममा उत्कृष्ट प्रदर्शनी गर्ने समूह वा व्यक्तीलाई एक लाख रुपियाँ पुरस्कार दिने कार्यक्रम पनि रहेको छ ।
सम्मेलनमा युवालाई प्रोत्साहन गर्न कसले के गर्ने र युवा वैज्ञानिकको विकेन्द्रीकरणका विषयमा छलफल पनि चलाइएको छ ।

कार्यक्रमको उद्घाटन गर्दे सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री झपटबहादुर साउदले युवा वैज्ञानिकलाई प्रोत्सहन गर्नका लागि विभिन्न कार्यक्रम तय गरिने प्रतिवद्धता गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार