१५ बैशाख २०८१, शनिबार

एमाले निकट किसान महासंघद्धारा धनगढीमा रोपाइँ



धनगढी/ नेकपा (एमाले) निकट अखिल नेपाल किसान महासंघद्धारा धनगढीमा रोपाइँ गरेर धान दिवस मनाइएको छ ।

एमालेका केन्द्रीय सल्लाहकार परिषद सदस्य डिल्लीराज भट्ट, केन्द्रीय निर्वाचन आयोग सदस्य रणबहादुर चन्द, प्रदेश सचिव तथा सुदूरपश्चिम प्रदेश सभा सदस्य धर्मराज पाठक, प्रदेश कमिटी सदस्यहरु जीवन वम, राजेश खाती, जिल्ला अध्यक्ष दुर्गाप्रसाद जोशी, सचिव डेजी पाण्डेय, बाजुराको बुढीगंगा नगरपालिकाका प्रमुख रामबहादुर बाँनिया, प्रदेश सभाका पूर्व सदस्य नेपालू चौधरी, पूर्व मेयर खेमराज पाण्डेय लगायतले रोपाइँमा सहभागिता जनाएका थिए ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ८ लालमणी रानाको खेतमा रोपाइँ गरेको किसान महासंघका प्रदेश सचिव मदन रेग्मीले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार