१६ बैशाख २०८१, आईतवार

छोरालाई लागु औषध खुवाउने कस्ती आमा



धनगढी/ अनेक घट्नाले चर्चा बटिलीरहने कैलाली कारागारमा आइतबार फेरि अनौठो घट्ना भएको छ ।
लागु औषध मुद्धामा कारगारमा कैद भुक्तान गरिरहेका छोरालाई खैरो हिरोइन दिन खोज्ने आमा आइतबार दिउँसो प्रहरीको फन्दामा परेकी छन् ।

सदा सर्वदा आफ्ना सन्तानको भलो चिताउने एक आमा ज्यानै लिने खैर हिरोईन छोरालाई दिन खोज्दा प्रहरी फन्दामा परेकी हुन । उनले लागु औषध विना छोरा तड्पिने अवस्था देख्न नसकेर हो वा कारोवारी भएर छोरा र सहित अरु लागु औषधका सेवनकर्तालाई पनि लागु औषध दिन खोजिन अनुसन्धानको विषय भएको छ ।

२१ वर्षका छोरा ओमप्रकाश अवस्थीलाई खैरो हिरोइन दिन खोज्ले धनगढी उपमहानगरपालिका वडा नम्बर ३ कि ५० वर्षकी आमा कमलादेवी अवस्थी पक्राउ परेकी हुन ।

छोरा भेट्न आइतबार दिउँसो कारागार पुगेकी कमलादेवीले ल्याएको बिस्कुट भित्र पाँच ग्राम ४० मिलिग्राम लागुऔषध खैरोहिरोइन भेटिएको हो ।

सुदूरपश्चि प्रहरी कार्यालयले जारी गरेको समाचार बुलेटिन अनुसार उनलाई नियन्त्रणमा लिइएको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार