१६ बैशाख २०८१, आईतवार

नेकपा (एस) निकट युवा संघ धनगढीको अध्यक्षमा लामा चयन



धनगढी/ युवा संघ नेपाल धनगढी उपमहानगर पालिकाको अध्यक्षमा शुरेश लामा चयन भएका छन् ।

नेकपा(एकीकृत समाजवादी) निकट युवा संघ कैलालीको शनिबार फुलबारीमा भएको भेलाले लामाको नेतृत्वमा १९ सदस्यीय कमिटी चयन भएको हो ।

भेलाले उपाध्यक्षमा सौगात पुलामीमगर, सचिव हेमन्त सुनार, सहसचिव शेरबहादुर खडायत, नरेन्द्र मगर लगायतलाई सदस्यमा चयन गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य तथा प्रदेशका सचिव दिनेश चन्द्र सुवेदीको प्रमुख अतिथ्यतामा भएको भेलामा पार्टीका कैलाली इन्चार्ज दीर्घ सोडारी विशिष्ठ अतिथि रहेका थिए ।

युवा संघ नेपाल कैलालीका इन्चार्ज लोकेन्द्र शाहीले स्वागत गरेको कार्यक्रममा युवा संघ नेपालका सुदुरपश्चीम इन्र्चाज दीपक सिंह, नेकपा (एकीकृत समाजवादी) का कैलालीका उपसचिव दीर्घ जोशी, अनेरास्ववीयूका कैलाली अध्यक्ष रमेश बोहरा, युवा संघ नेपाल कैलाली अध्यक्ष बहादुर खड्का, समाजवादी प्रेस संगठन कैलाली अध्यक्ष लक्ष्मी जैशी लगाएतकाले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार