१० श्रावण २०८१, बिहीबार

ट्राफिक नियमको उल्घंंन गर्ने चालकलाई कलास



धनगढी / जिल्ला ट्राफिक कार्यालय कैलालीले ट्राफिक नियमको उल्घंन गर्ने सवारी चालकका लागि कक्षा लिन शुरु गरेको छ ।
प्रत्येक हप्ताको शुक्रबार आठ बजेदेखि नौ बजेसम्म त्यस्ता सवारी चालकलाई पढाउन शुरु गरिएको हो ।

लेन अनुशासन पालना नगर्ने, तिब्र गति,मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने, ट्राफिक नियमको पालना नगर्ने सवारी चालकका लागि कक्षा लिन शुरु गरिएको प्रमुख प्रहरी निरीक्षक वीरेन्द्रसिंह जोहारीले जानकारी दिए ।

ट्राफिक साइनले देखाएको चिन्हको ध्यानदिन, जेब्राक्रसिङ्गले गरेका कुराहरुको ख्याल गरेर गाडी चलाउन,साईडलाईट ,ग्लासको प्रयोग गरेर पछाडिका सवारी चालकलाई जानकारी गरेर सडक क्रस गर्ने कुराहरु कलासको प्राथमिकता हुने गरेको उनले बताए ।

मोटर साइृकलमा दुईजनाले अनिबार्य हेलमेटको प्रयोग गर्न दुई जना भन्दा बढी मानिस राखेर मोटरसाईकल नचलाउने जस्ता कुराहरु पनि कलासमा छलफल गरिने गरेको उनको भनाई छ ।

गोलघुम्तीमा सवारी चलाउदा ध्यानदिनु पर्ने कुरा ,सडकमा तानिएका रेखाले संकेत गरेका विषय र लेन उल्घंन गरे कानुनले गरेका सजाएको कुराहरुमाा पनि सवारी चालकलाई जानकारी गराइने गरेको उनको भनाई छ ।

आकासे पुल भएको स्थानमा पैदल यात्रीले सडक क्रस नगर्ने, स्कुल र बढी भिडभाड हुने क्षेत्रमा सवारी साधनलाई तिव्र गतिमा नगुडाउने ,मोटरसाईकलमा अन्य बस्तुहरुको ओसार नगर्ने, क्षमता बढीबस्तु बोक्ने सवारी साधनलाई गरिने कार्बाहीका कुराहरु पनि कलासमा जानकारी गराइने गरेको प्रहरी निरीक्षक जोहारीले बताए ।

कैलालीमा दैनिक ८० दुर्घटना हुने गरेको र सबैभन्दा बढी मादक पदार्थ सेवन गरेर भएको उनले बताए ।

दुर्घटना न्युनिकरण कलास र जनचेतनाबाट मात्र हुने उनको भनाई छ । अभियानलाई सबै मिलेर सार्थक र प्रभावकारी बनाउन समेत उनले अनुरोध गरे ।

कैलालीमा ट्राफिक नियम समबन्धीको कलासमा हालसम्म एक हजार छ सय भन्दा बढी सवारी चालकले सहभागिता जनाइ सकिएको उनले बताए ।

कलास लिन शुरु गरेपछि दुर्घटना र मृत्यु क्रमशः घटदै गएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार