२३ बैशाख २०८१, आईतवार

खाद्य अधिकार र लैङ्गिक उत्तरदायी बजेट सम्बन्धी छलफल



धनगढी / कृष्णपुर नगरपालिकामा खाद्य अधिकार र लैङ्गिक उत्तरदायी बजेट सम्बन्धी कानुनी प्रावधान बारे छलफल गरिएको ।

परिवर्तनका लागि कार्यरत युवा समुह, नेपाल (याक नेपाल) को आयोजना र जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (लि– बर्ड) को सहकार्यमा कार्यक्रम भएको हो।

याक नेपालको खाद्य अधिकार सवलिकरण प्रयोजनाका परियोजना संयोजक देवि खनालले नगरपालिकाले भूमीहिनका लागि करार खेतीका लागि नगरपालिकाले पहल गर्नु पर्ने बताएका छन्।

उनले नगरपालिकाले खाद्य अधिकार समुन्वय समति बनाएर यस क्षेत्रमा कार्य गर्नु सक्ने सुझाव दिएका छन्। लैङ्गिक उत्तरदायी बजेट ल्याउन पनि उनले आग्रह गरेका छन्।

कृष्णपुर नगरपालिका वडा नम्बर २ र ४ मा रहेका मुक्त कमैयाका परिवाललाई आत्मनिर्भर बनाउन करार कृषि योजना नगरपालिकाको आगामि नीति तथा कार्यक्रममा राख्न पहल गरिने र त्यहाँका अन्य समस्याहरुलाई पनि नगरपालिकाले सम्बोधन गर्नु गर्ने याक नेपालका परियोजना अधिकृत विनोद सिंहले बताएका छन्।

नगरपालिकाले किसान परिचयपत्र दिँदै गरेको भएपनि त्यस कार्यक्रमलाई अझै प्रभावकारी र निरन्तर गर्न आवश्यक रहेको उनले बताए।

यस्तै कृष्णपुर नगरपालिकाकी नगर उपप्रमुुख द्रोपती रानाले उठेका विषयहरुलाई नगरपालिकाले ध्यानमा राखेर नीति तथा कार्यक्रम निमार्ण गर्ने बताएकी छन्। उनले कृषक तथा कृषिको क्षेत्रमा उठाएका विषयहरु सम्बोधन गरिने बताएकी छन्।

कार्यक्रममा याक नेपालले उपप्रमुख रानालाई नगरपालिकाले लक्षित वर्गका लागि गर्नु पर्ने कार्यहरु सहित ज्ञापन पत्र बुझाएको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार