१५ बैशाख २०८१, शनिबार

गेटामा विश्वविद्यालय माग्दै थाल ठटाए, भोलि शंक र सिट्टी बजाउने



धनगढी/ शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले बिहिबार सुदूरपश्चिम प्रदेश सभा अगाडि थाल ठटाएर प्रदर्शन गरेको छ । समितिले गेटामा स्वास्थ्य विश्वविद्यालयको माग गर्दै निरन्तर प्रदर्शन गर्दै आईरहेका छन् ।

विश्वविद्यालय सञ्चालनको माग गर्दै भोलि शुक्रबार दिउँसो फेरि पनि प्रदेश सभा प्रवेशद्वारमा शंक र सिट्टी बजार प्रदर्शन गरिने संघर्ष समितिका संयोजक लोकराज पाण्डे ‘आगा’ ले जानकारी दिए ।

शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्ने नीतिगत निर्णय भए पनि बजेट वक्तव्यमा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने र एक सय शय्याको अस्पताल सञ्चालन गर्ने भनिएपछि १५ दिनदेखि आन्दोलन भईरहेको छ ।

आफ्नो माग सम्बोधन नभएसम्म विभिन्न समुह संस्थासंग छलफलदेखि सडक संर्घषंका कार्यक्रम समितिले गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार