२ जेष्ठ २०८१, बुधबार

धनगढीमा न्यायमा पहुँचकोलागि समन्वय बैठक



धनगढी/ संस्थागत सुधारमार्फत न्यायमा पहुँच अभिवृद्धि परियोजना अन्तरगत महिला तथा सिमान्तकृत समुदायको न्यायमा पहुचका लागि प्रदेश स्तरिय समन्वय बैठक मंगलबार धनगढीमा भएको छ ।

सुदूरपश्चिम प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालय, युएनडिपी, बहुउदेश्यीय विकास समाज, पीसविन बाजुरा आयोजनामा बैठक भएको हो ।

कार्यक्रममा बहुउदेश्यीय विकास समाज र पीसविनले सो परियोजना अन्र्तरगत हुने क्रियाक्लाप बारे जानकारी गराएका थिए । बहुउदेश्यीय विकास समाजले डडेल्धुरा र कञ्चनपुर तथा पीसविनले बाजुरा र बझाङमा संस्थागत सुधारमार्फत न्यायमा पहुँच अभिवृद्धि परियोजनामा काम गरिरहेका छन् ।

कार्यक्रममा यूएनएफपीएका कृष्ण भट्टराईले सबै खालको सेवा एकै ठाउँबाट प्राप्त हुने अवधारण ओसिएमसी रहेको बताउँदै यस सेवालाई प्रभावकारी बनाउन सरकार गम्भिर हुनुपर्ने सुझाव दिए । ओसिएमसि अथवा सेभहाउसमा सेवा लिन आएकाहरुलाई पनि सहज पहुँचको लागि यस परियोजनाले काम गर्न आवश्यक देखिएको भटराईले बताए ।

यस्तै नागरिक समाजका प्रेम विकले जातिय विभेद, बालविबाह तथा न्यायमा पहुँच जस्ता कार्यक्रम लिएर जनतामा माझ जानु एकदमै राम्रो छ । तर यसको कार्यक्षेत्र फराकिलो बनाउनुपर्ने सुझाए ।

उनले धनगढी उपमहानगरपालिका सुदूरपश्चिम प्रदेशकै ठूलो शहरको रुपमा चिनिएपनि यहाँका जनता अहिले पनि न्यायमा पहुँचबारे अनविज्ञ छन् । यहाँको समस्या लागुऔषध, लैगिक विभेद, हत्या हिंसा लगायतको समस्या छन् । यस्ता सवालमा पनि ध्यान दिन जरुरीरहेको विकले बताए ।

मुख्यमन्त्री कार्यालयका सचिव गंगाबहादुर खरेलको अध्यक्षतामा भएको बैठकमा सुदूरपश्चिम विश्वविद्यालयका कानुन संकायका डिन कर्णबहादुर थापा, बार एशोसिएसनका तुलानन्द गिरी, यूएनडिपीका बैजन्ती गिरी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार