७ पुष २०८१, आईतवार

स्वास्थ्य विश्वविद्यालय माग्दै प्रदेश सभा बाहिर धर्ना



धनगढी/ कैलालीको गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउनु पर्ने माग गर्दे प्रदेश सभा घेराउ गरिएको छ ।

बजेटमा शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाको विषय नआएको भन्दै संघर्ष समितिले विभिन्न कार्यक्रम गर्दे आएको छ । त्यसक्रममा सोमबार प्रदेश सभा भवन बाहिर नाराबाजी गर्दै घेराउ गरिएको हो ।

प्रदेश सभा बैठक शुरु हुनु अघिदेखि नै प्रदेश सभा भवन बाहिर नाराबाजी गर्दै घेराउ गरिएको हो ।

२०७९ साल माघ २९ गतेको मन्त्रीपरिषद् बैठकले गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको थियो । तर, सरकारले १०० शय्याको अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने भन्दै बजेट विनियोजन गरेपछि सुदूरपश्चिममा आन्दोलन सुरु गरिएको हो ।

संघर्ष समितिले आइतबार प्रदेश बन्द गराएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार