राज्यपक्षबाट मारिएका सहिद परिवारको अवस्था नाजुक बन्दै
कैलाली / माओवादी द्वन्द्वकालमा राज्यपक्षबाट मारिएका सहिद परिवारको अवस्था नाजुक बनेको छ । राज्यले उनीहरुको स्वास्थ्य शिक्षा रोजगारीको ग्यारेन्टी नगरिदिंदा उनीहरुको अवस्था नाजुक बन्दै गरेको हो ।
कञ्चनपुरको कृष्णपुर नगरपालिका–९ राजघाटमा २०५८ वैशाख ११ गते सशस्त्रप्रहरीले गोली हानी हत्या गरेका तपराज जोशीका परिवारको अबस्था के खाने र कसरी बाँच्ने अवस्थामा गुज्रेको छ ।
मृतक जोशीका २४ वर्षीया छोरी गौरी जोशी र ३५ वर्षीया छोरा चेतराज जोशी छन । द्वन्द्वकालमा मारिएका परिवारलाई राज्यले राहत उपलब्ध गराए पनि किस्ता अनुसार दिदा उनीहरुका लागि भरपुर गुजारा चलाउन गाह्रो भएको हो ।
मृतक जोशीका श्रीमती खेमादेवी जोशीले मेरो लोग्नेलाई वैशाख महिनाको गाम्री दिनमा खेतमा दौडाई दौडाई प्रहरीले गोली हानी हत्या गरियो ।
नमार लोग्नेको केही पनि दोष छैन भन्दा पनि प्रहरीले मानेन मारेर नै छोडे लास पनि हेर्न दिएन आफैसंग लगेर गए त्यो कालो दिन विर्षन नसकिने उनले दुखेसो गरिन ।
छोरा भारतमा भाडा माझेर जीवन चलाइरहेको छ भने छोरी बेकाममा घर बसिरहेकी छ तर राज्य भने बेखबर छ उनले भनिन राज्य पक्षबाट गरेको ज्यादती जति भत्र्सना गरे पनि मेरो परिवारको लागि अपुग नै हुने गरेको छ ।
राज्यले हामीलाई राहतसंगै छोराछोरीको स्वास्थ्य, शिक्षा र रोजगारीको ग्यारेन्टी गरिदिएको भए केही सहज हुने जोशीको भनाइ छ ।
सोही गाउँमा २०५८ भाद्र २८ गते तिजको दिन महिला भेला भएको स्थानमा मैतीदेवी चौधरीलाई प्रहरीले गोली हानी हत्या गर्यो दुई वर्षीय छोरा दुध चुस्तै गरेको अवस्थामा उनलाई हत्या गरेको जनाएको छ ।
बाँच्न सफल त्यही छोरा मजदूरी गरेर जीवन गुजारा गरिरहेको बुबा कमल चौधरीले बताए । सिकसेलको बिरामी छु पैसाको अभावका कारण उपचार गर्न कठिन हुदै गरेको उनले बताए ।
जग्गा छैन एक कठ्ठामा घर निर्माण गरेर बसिरहेको छु उनले भने पीडामा बाँच्नु परिरहेको छ । त्यस्तै कृष्णपुर नगरपालिका ९ पिपरैयामा १८ वर्षीया लक्ष्मीकुमारी विकलाई पनि प्रहरीले यातना दिएर हत्या गर्यो उनलाई २०५८ बैशाख ११ गते हत्या गरेको हो ।
पोईली घर जाने क्रममा प्रहरीले उनलाई हत्या गरेको आमा राजुदेवी टमटाले बताइन । कान्छी छोरी काली टमटा पनि दिदिलाई पुगाउन जाने भनि साथमा थिइ तर उ भाग्न सफल भई उनले भनिन नभए दुईवटै छोरी मारिदिन्थे ।
राज्यले सामान्य राहतमा भुलायो टमटाले भनिन हामी जस्ता परिवारलाई शिक्षा, स्वास्थ्य र रोजगारको ग्यारेन्टी गरेन उनले दुखेको गर्दै भनिन आजकल छोरीको पीडामा बाचिरहेकी छु ।
नेकपा (माओवादी केन्द्र) का वडा अध्यक्ष लालबहादुर चौधरीले राज्यपक्षबाट मारिएका सहिद परिवारका लागि स्वास्थ्य,शिक्षा रोजगारी ग्यारेन्टी गरिनु पर्ने बताए ।
राहतले मात्र भुलाउने होइन राज्यले उनीहरुको जीवनयापन सहज बनाउन जरुरी रहेको उनले बताए ।
आर्थिक अवस्था निकै कमजोर छ यी परिवारको जीवनयापन सहज बनाउन राज्यले पहल गर्न जरुरी रहेको उनको भनाई छ ।
माओवादीको बिल्ला भिडाएर राज्य पक्षबाट २०५८ तिर यो क्षेत्रमा ठूलो ज्यादती गरेका छ । प्रहरीले सर्वसाधरणलाई गोलीहानी हत्या गर्ने र घाइते बनाउने काम गरिएको उनले बताए ।