१६ बैशाख २०८१, आईतवार

स्केटिङको अध्यक्षमा खनाल र महासचिवमा थापा



धनगढी/ नेपाल स्केटिङ एन्ड स्केट बोर्डिङ संघको चुनावी साधारण सभाले अच्यूत खनाललाई निरन्तरता दिदै १३ सदस्यीय केन्द्रीय कार्यसमिति शुक्रबार निर्विरोध चयन गरेको छ ।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सिमान्त उदास, जागृत पहाडी र अमिरकुमार श्रेष्ठ, महासचिवमा सत्य थापा, सचिवमा दिनेश बजगाई, सहसचिवमा डिक्रकुमार बजगाई तथा कोषध्यक्षमा रत्नकुमारी राई रहेका छन् ।

राजकुमार घिमिरे, सिजम सिजाली, सन्दिप नेपाली, दिपेश आचार्य र माइकल बस्नेत सदस्यमा चयन भए । नवनिर्वाचित पदाधिकारीहरुलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत खेलकुद विकास विभागका प्रमुख एवं प्रमुख निर्वाचन अधिकृत मीनकुमार शर्माले प्रमाण पत्र प्रदान गर्नुका साथै पद तथा गोपनीयताको शपथ ग्रहण गराए ।

त्यसअघि कुपण्डोलमा भएको साधारण सभाको राखेपका सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच उद्घाटन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार