३ आश्विन २०८१, बिहीबार

भारततर्फ लिदै गरेको अवस्थामा १०४ महिला तथा बालबालिकाको उद्धार



धनगढी/ कैलालीमा चालु आर्थिक वर्ष २०७९/०८० मा भारततर्फ लिदै गरेको अवस्थामा १०४ जना महिला तथा बालबालिकाको उद्धार गरिएको छ ।

दलालले सामाजिक सञ्जाल तथा फोनबाट बिभिन्न प्रलोभन देखाई कैलालीको त्रिनगर भन्सारबाट भारत लिन लागेको अवस्थामा उनीहरुको उद्धार गरिएको हो ।

माइती नेपाल धनगढीको पहलमा उद्धार गरिएका उनीहरुमो ६५ महिला र ३९ जना बालबालिका रहेका छन ।

जोखिममा परेका महिला तथा बालबालिका लाई परिवारसंग सोधखोज गरिसकेपछी उद्धार गरिएको माइती नेपाल धनगढीका प्रमुख शिवचरण चौधरीले जानकारी दिए ।

उनले भारतको पुना, लख्खीमपुरबाट १४ र १७ वर्षीया बालिकालाई पनि उद्धार गर्न सफल भएकोमा, दुई जनाको बलत्कार मुद्धा दर्ता गरेको बताए ।
गरिबी बेरोजगारीका कारण दलालले एक लाखदेखि दुई लाखको प्रलोभन देखाएर बालबालिका महिलालाई भारतका बिभिन्न ठाउमा लिएर बेच्ने गरेको उनको भनाई छ ।

धेरै जस्तो पैसाको बाध्यतामा बेचिएका छन भने कोही मायाजाल, जबरजस्ती विवाह बन्धनमा बाधेर बेच्ने गरेका घटना पनि छन ।
महिलाले आपmनो बास्तबिक कुरा नभनेका कारण जोखिममा पर्ने गरेको चौधरीले बताए ।

दलालहरुले काममा लगाउने भन्दै महिलालाई बेङ्गलोर, गुजरात, पन्जाब, दिल्ली, आग्रा, बनारस, बिहार लगाएतका स्थानमा लगेर बेच्ने गरेको उनले बताए ।

ललाईफकाई महिला तथा बालबालिकालाई त्रिनगर भन्सार नाका, फूलवारी, लालबोझी, हसुलिया, चन्दनचौकी, जुगेडा, टीकापुरका छोटी भन्सार नाकाबाट भारत लगेर बेच्ने गरेको उनले बताए ।

महिला तथा बालबालिकालाइ भारतमा घरेलु कामसंगै यौन शोषण,कोठी, डान्सबार जस्ता प्रयोजनका लागी लिने गरेको माईती नेपालले जनाएको छ ।

धेरै ठाउमा महिला तथा बालबालिकालाई लिएर बेचेको भन्ने छ कुन ठाउ भन्ने कुरा थाहा हुदैन देखेको व्यक्तीले पनि डरले भन्दैन हामीलाई उद्धार गर्न धेरै अप्ठेरो हुने गरेको प्रमुख चौधरीले अनुमोदन अनलाइनलाइ जानकारी दिए ।

गत आर्थिक वर्ष १९७ को उद्धार
आर्थिक वर्ष २०७८।०७९ मा पनि माईती नेपालले १९७ जोखिममा परेका महिला तथा बालबालिकालाई भन्सारबाट उद्धार गरेको छ ।

एक जनाको मानबबेचबिखनको मुद्धा छ भने पाँच जनाको बलत्कारको मुद्धा रहेको माइती नेपालले जनाएको छ ।

१५ वटा हिंसा सम्बन्धीको मुद्धा दर्ता भएको प्रमुख चौधरीले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार