६ चैत्र २०८०, मंगलवार

कैलालीमा चालु आवमा १०९ सवारी दुर्घटना हुँदा ५६ जनाको मृत्यु




धनगढी/कैलालीमा चालु आर्थिक वर्षमा १०९ सवारी दुर्घटना भएका छन । ती दुर्घटनामा परेर ५६ जनाको मृत्यु भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका अनुसार बस, ट्रक,ट्याक्टर, मोटरसाईकल,जीप कार र अन्य गरेर १३५ वटा सवारी साधन दुर्घटनामा परेका थिए ।

सो कार्यालयका इन्चार्ज, प्रहरी निरीक्षक वीरेन्द्रसिंह जोहारीले पछिल्लो समयमा जिल्लामा हुने दुर्घटना न्युन हुदै गएको र मृत्यु दर पनि कम हुँदै दावी गरे ।

उनका अनुसार आर्थिक वर्ष २०७९।८० को श्रावणदेखि मंङ्सिरसम्ममा ६९ सवारी दुर्घटना हुँदा २९ जनाको मृत्यु भएको छ । त्यस्तै पुसदेखि जेठसम्म ४० दुर्घटना हुँदा २७ जनाको मृत्यु भएको छ ।

यसरी हेर्दा पुस जेष्ठसम्म आउदा दुर्घटना र मृत्यु कम हुदै गएको उहाँको भनाई छ ।सचेतनामुलक कार्यक्रम, ट्राफिक नियम सम्बन्धीका कक्षा र सवारी साधान चेकजाँचमा कडाइका कारण दुर्घटना कम हुदै गएको हो ।

ट्राफिक नियमको पालना नगर्ने सवारी चालकलाई कार्बाही गर्दा राजश्वमा बृद्धि भएको पनि उनले बताए । उनका अनुसार आर्थिक वर्ष २०७९।८० मा कार्बाही गरेका सवारी साधनबाट श्रावणदेखि बैशाखसम्म दुई करोड आठ लाख ५७ हजार रुपियाँ राजश्व संकल भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार