१२ बैशाख २०८१, बुधबार

प्रधानमन्त्रीले गरे प्रथम खप्तड अन्तराष्ट्रिय आध्यात्मिक सम्मेलनको उद्घाटन




खप्तड/
तीन दिने प्रथम खप्तड अन्तराष्ट्रिय आध्यात्मिक सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार उद्घाटन गरेका छन् । प्रधानमन्त्री आजै हेलिकोप्टरबाट खप्तड पुगेका थिए ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा सम्मेलन आयोजक समिति मुल समारोह समिति अध्यक्ष कमलबहादुर शाहको अध्यक्षतामा भइरहेको कार्यक्रममा पूर्व प्रधानमन्त्री झलनाथ खनाल, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउद, प्रदेश प्रमुख देवराज जोशी, योगगुरु बाबा रामदेव, आचार्य बालकृष्ण लगायतको उपस्थिति रहेको छ ।

सो सम्मेलनमा सुदूरपश्चिम प्रदेशका विभिन्न झाँकीहरु प्रर्दशन भइरहेका छन् ।
सो अवसरमा योगा अध्यास पनि हुने छ । सम्मेलनपछि भारत लगायतका विदेशी मुलुकबाट पर्यटक आउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार