१४ बैशाख २०८१, शुक्रबार

कामको खोजीमा भारत जाने युवाको संख्या बढदो



धनगढी/ पढाई गर्नु पर्ने उमेरमा नेपालको सुदुरपश्चिमबाट छिमेकी राष्ट्र भारतमा कामको खोजीमा जाने युवाको संख्यामा बृद्धि हुन थालेको छ ।

सुदुरपश्चिमका केही जिल्लाबाट धनगढीको त्रिनगर भन्सार नाका हुदै कामको खोजीका लागि भारत जाने युवाको संख्यामा बृद्धि हुन थालेको हो ।

कैलाली, बाजुरा, डोटी, अछाम लगायतका केही जिल्लाबाट कामको खोजीमा भारत जाने युवा बढी छन हैल्थ डेस्कका ल्याब टेक्निसियन जय ढुङ्गानाले जानकारी दिए ।

जेठ महिनाको २० गतेसम्ममा एक हजार २६६ जना पुरुष कामको खोजीमा त्रिनगर भन्सार नाका हुदै भारत गएको र सो मध्ये नौ सय बढी युवा नै रहेको उनकोे भनाई छ ।

सिजनेबल कामको खोजीमा मात्रै युवा ठुलो संख्यामा भरतको रत्नागिरीमा जानेगरेको उनले बताए । माछा मार्न, सुन्तला, आँप टिप्न मात्रै सो क्षेत्रमा सुदुरपश्चिमका युबाहरु जाने गरेको ढुङ्गानाले बताए ।

६ महिनाको सिजनेबल काम सकेर घर आउने फेरि सिजनेबल काम गर्न सो क्षेत्रमा जाने युवाको संख्या बढेको उनले बताए ।

पढाई गर्ने उम्मेरमा युवा बिदेश पलायन हुनु एउटै कारण हो त्यो गरिबी,उद्योग कलकारखाना नहुनु, कामको खोजी गर्दा काम नपाइनु ,पाइहाले आर्कषक तलब नहुनु नै भएको जानकार बताउछन ।

युवा विदेश रहरले होइन बाध्यताले गइरहेका छन युवा नेता हुकुम साउदले बताए ।

राज्यले युवालाई स्वदेशमै रोकेर रोजगारीमुलक उत्पादनको काममा लगाउन जरुरी रहेको र उनीहरुले पाउने सेवा सुधिा पनि आर्कषक हुनुपर्ने उनले बताए ।

युवाको गुनासो पढाइ गर्दा पनि काम पाइदैन
नेपालमा पढाई गरेर पनि काम नपाइनुले रोजगारीको लागि भारत जानु परेको युवाको गुनासो रहेको छ ।

धनगढी उपमहानगरपालिका १८ फुलबारीका २१ वर्षीया कृष्ण सिकेले एच,एम १२ पास गरेको र होटलमा काम पाइन्छ कि भनेर भारतको दिल्ली जान थालेको बताए ।

नेपालमा काम गर्न ठूला होटल पनि नभएको यदि भइहाले पनि आकर्षक तलब नपाइनुले अरुको देशमा कामको खोजीमा जान थालेको भन्दै उनले गुनासो गरे ।

नेपालमा त्यस्तो के छ न यहाँ उद्योग कलकारखाना छ न अन्य सुविधा सम्पन्न रोजगारी गर्ने ठाउ छ उनले भने रोजगारीका लागि केही नभएका कारण भारत पस्न थालेको हुँ ।

नेपालमै सेवा सुबिधा काम पाइए अरुको देशमा जानुको अर्थ हुने थिएन उनले भने नेपालमा केही पनि छैन अन्य देशमा रोजगारी गर्न नगए घरखर्च चलाउनै मुस्किल हुन्छ ।

अर्का १८ वर्षीया बसन्त पुनले पनि जिबिका चलाउन कामको खोजीमा भारत जान थालेको बताए ।

आर्थिक अवस्था कमजोरका कारण १० कलास भन्दामाथि पढाई गर्न नसकिने भएकाले रोजगारीका लागि भारत जान थालेको उनको भनाई छ ।

नेपालमा जस्तो संघर्ष परिश्रम गरे पनि जिविका चलाउन र घरपरिवार पाल्न नसकिने भएका कारण भारतमै कामको खोजीमा जानु ठिक लागेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार