१४ बैशाख २०८१, शुक्रबार

यी हुन एमालेका सुदूरपश्चिमका नौ जिल्लाका ईन्चार्ज




धनगढी/
नेकपा ( एमाले) ले प्रदेश र जिल्ला इन्चार्जको जिम्मेवारीमा पूरै हेरफेर गरेको छ ।

सुदूरपश्चिम प्रदेशको इन्चार्ज छविलाल विश्वकर्मालाई तोकिएको छ भने सुदूरपश्चिमका इन्चार्ज लेखराज भट्टलाई कर्णाली पठाइएको छ ।

यस्तैगरेर कैलालीमा गणेशसिंह ठगुन्ना, कञ्चनपुरमा नारदमुनी राना, बैतडीमा निरु पाल, अछाममा लालबहादुर थापा, डडेल्धुरामा गौरी ओली, बाजुरामा भैरव सिंह, बझाङमा राजेन्द्रसिंह रावल, दार्चुला सहदेव बोगटी र डोटीमा लिला भण्डारीलाई जिल्ला इन्चार्ज बनाइएको छ ।

अन्य धेरै केन्द्रीय सदस्यहरुलाई भने पालिकाको इन्चार्ज बनाइएको छ । सुदूरपश्चिमबाट २० भन्दा बढी नेताहरु केन्द्रीय कमिटी सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार