१६ चैत्र २०८०, शुक्रबार

नेक्सोनइभी म्याक्स गाडी धनगढीमा लञ्च



धनगढी/ विजुलीबाट चार्ज गरेर चल्ने नेक्सोनइभी म्याक्स कैलाली उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले धनगढीमा लञ्च गरेका छन् । भारतमा बनेको सो गाडी १५ दिन अघि नेपालमा आएको हो ।

धनगढीको राजपुरमा रहेको नवदुर्गा टेक्नोलोजी प्रालीले बेच्ने सो गाडी किन्न ४६ लाख ५० हजार जति खर्च गर्नुपर्ने नवदुर्गाको प्रोपाइटर प्रदीप जोशीले बताए ।

व्लु , ह्वाइट र रेड गरेर तीनवटा रंगमा पाइने सो गाडी वाटरप्रुफ रहेको छ । पेट्रोलियम पद्धार्थको तुलनामा ९० प्रतिशत कम खर्चिलो हुने सो गाडी देशभर रहेका १९ वटा चाजिंङ सेन्टरमा ५६ मिनेटमै फुल चार्ज हुने दावी गरिएको छ ।

घरमै सामान्य तरिकाले चार्ज गर्दा भने फुल चार्ज हुन छ घण्टासम्म लाग्ने बताइएको छ । सो गाडी एकपटक चार्ज गर्दा ४५३ किलोमिटरसम्म चलाउन मिल्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार