१४ बैशाख २०८१, शुक्रबार

चुरेमा व्यवहार परियोजना लागू




धनगढी/ कैलाली जिल्लाको चुरे गाउँपालिकामा मातृ तथा बाल स्वास्थ्य व्यहवार प्रवद्र्धन परियोजना शुरु भएको छ ।

जापानको सरकारको आर्थिक सहयोग, परराष्ट्र मन्त्रालय र आम्दा माइन्डको नेतृत्वमा फाया नेपालले आगामी तीन वर्षसम्म चुरेमा सो परियोजना सञ्चालन हुन थालेको धनगढीमा बुधबार आयोजित कार्यक्रममा बताइएको छ ।

सुदूरपश्चिम प्रदेशका स्वास्थ्य निर्देशक डा. जगदीश जोशीले मातृ तथा बाल स्वास्थ्य व्यहवार प्रवद्र्धन परियोजनाले मातृ तथा बाल मृत्यु दर कम गर्न सहयोग पुग्ने बताए । उनले कैलालीका अन्य पालिकाभन्दा चुरे गाउँपालिका स्वास्थ्य अवस्था कमजोर भएकोले सो पालिकामा मातृ तथा बाल स्वास्थ्य व्यहवार प्रवद्र्धन परियोजना सञ्चालन हुनु उपयुक्त रहेको बताए ।

फाया नेपालका कार्यकारी निर्देशक शेरबहादुर बस्नेतले सो परियोजना लागू भएपछि चुरेको मातृ तथा बाल स्वास्थ्यमा सुधार सुधार हुने, सार्वजनिक संस्था मार्फत सुरक्षित प्रस्तुती गर्नेको संख्या बढ्ने विश्वास बढ्ने विश्वास व्यक्त गरे । यस्तै सामुदायिक मानिसको स्वास्थ्यमा पनि सुधार हुने बताइएको छ ।

परियोजनाका लालबहादुर महराले सो परियोजना अन्तरगत स्वास्थ्यका पूर्वाधार समेत बनाइने बताए ।

सो अवसरमा स्वास्थ्य कार्यालय कैलालीका पव्लिक हेल्थ नर्स आशा थापाले शतप्रतिशत गर्भवतीले स्वास्थ्य संस्थामै बच्चा जन्माउनु पर्ने सरकारको नीति भए पनि चुरेमा अझै महिलाले घरमै बच्चा जन्माउने भएकोले मातृ तथा बाल स्वास्थ्य व्यहवार प्रवद्र्धन परियोजना ठिक ठाउँमा लागू भएको टिप्पणी गरिन ।

उनले चालु आर्थिक वर्षमा १७३ जनाले स्वास्थ्य संस्था र ४० जनाले घरमै बच्चा पाएको बताइन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार