६ बैशाख २०८१, बिहीबार

सीमा क्षेत्रका जनताले लालपूर्जा राखेर ऋण पाउनुपर्छ




काठमाडौ/ कञ्चनपुर जिल्लाको क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य तारा लामातामाङले कञ्चनपुरको सीमा क्षेत्रमा बस्ने जनताले जग्गाको लालपूर्जा भएर पनि सरकारी र नीजि बैंकबाट धितो राखेर ऋण लिन खोज्दा नपाएको बताएका छन् ।

प्रतिनिधि सभा सदस्य लामाले सोमबार प्रतिनिधि सभाको बैठकको शुन्य समयमा बोल्दै सीमा क्षेत्रका जनतालाई लालपूर्जाको आधारमा ऋण दिएर व्यापार÷व्यवसाय गर्ने बातावरण बनाउनु पर्ने बताए । उनले सीमा क्षेत्रका जनतालाई लालपूर्जा राखेर ऋण दिनका लागि सरकारले सरकारी र नीजि बैकलाई निर्देशन दिनु पर्ने बताए ।

उनले भने सरकारले सीमा क्षेत्रका जग्गाको कर लिने तर ऋण नदिने नीति ठिक नभएको बताए ।

प्रतिनिधि सभा सदस्य तामाङले कञ्चनपुर र कपलिबस्तुका उखु किसानलाई अनुदान रकम उपलव्ध गराउन पर्ने माग पनि गरे । उनले कञ्चनपुरका किसानले तीन करोड ८४ र कपिलबस्तुका किसानले दुई करोड ४८ रुपियाँ पाउन बाँकी रहेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार