१६ चैत्र २०८०, शुक्रबार

सुदूरपश्चिम प्रदेश सभाको बैठक शुरु (हेर्नुस प्रत्यक्ष प्रसारण)




धनगढी/ लामो समयपछि सुदूरपश्चि प्रदेश सभा बैठक शुरु भएको छ ।

बैठकमा बोल्दै आर्थिक मामिलामन्त्री नरेश शाहीले सुदूरपश्चिम समृद्ध बनाउन प्रदेश सभा पक्ष प्रतिपक्ष हुन नहुने बताए । उनले संघीय सरकारको नीतिका कारण राजश्व संकलन हुन नसकेको र समग्रमा स्रोतको जोहो हुन नसकेको आशय व्यक्त गरे ।

आर्थिक मामिलामन्त्री शाहीले प्रदेश सरकारले दुई अर्व राजश्व उठाउने लक्ष्य लिएको भए पनि अहिलेसम्म एक अर्व आठ करोड मात्र उठेको बताए । उनले आर्थिक वर्षको अन्त्यसम्म एक अर्व ४० करोड मात्र राजश्व सकंलन हुने अनुमान गरे । उनले संघीय सरकारको राजश्व नीति परिवर्तन गराउन दवाव दिनु पर्ने पनि बताए ।

नेपाली काँग्रेसका प्रदेश सभा सदस्य मेघराज खड्काले सरकारले आर्थिक पारदर्शीताका लागि पालिका वा जनस्तरबाट योजना माग्नु सकरात्मक भएको बताए । उनले सरकारले राम्रो काम गर्नु पर्ने बताउदै नत्र अभिनन्दनका नाममा संघीयता र गणतन्त्र विरोधी गतिविधि भइरहने चर्चा गरे । उनले पूर्व राजा ज्ञानेन्द्रको धनगढीमा हुन गइरहेको नागरिक अभिनन्दनलाई संकेत गरेका हुन ।

अहिले नेकपा (माओवादी केन्द्र) का मानहादुर धामीले बोलिरहेका छन् । उनले नयाँ मन्त्रीहरुलाई बधाइ दिए । उनले बजेट कटौती हुन नदिन ध्यान दिनु पर्ने बताए ।


प्रतिक्रिया दिनुहोस्
विशेष समाचार