१४ बैशाख २०८१, शुक्रबार

धनगढीकी डाक्टर शाह मृत्यु प्रकरण : एक जना प्रहरी नियन्त्रणमा, अर्का डाक्टर फरार



धनगढी / धनगढी उपमहानगरपालिका–५ बस्ने २६ वर्षीया डा.प्रसन्ना शाह मृत भेटिएको घटनाको अनुसन्धानका लागि प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ ।

धनगढीको माया मेट्रो अस्पतालमा कार्यरत डाक्टर शाहको मृत्यु प्रकरणमा धनगढीकै विकल केसीलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कुलदीप चन्दले मृतकका परिवारले ल्याएको किटानी जाहेरीका आधारमा शाहकाकेसीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको बताए ।

उनकाअनुसार केसी शनिबार बिहान आफै जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएका हुन् । यस्तै किटानी जाहेरीमा आत्महत्या दुरुत्साहन गर्न बाध्य पारेको भन्दै माया मेट्रो अस्पतालमा उनीसँगै कार्यरत डाक्टर सन्दीप भट्टलाई भने फरार छन् ।

मृतकका आफन्तले आत्महत्या दुरुत्साहन सम्बन्धी दुवै जनाविरुद्ध किटानी जाहेरी ल्याएको बताउदै डीएसपी चन्दले दर्ताको प्रक्रियामा रहेको जानकारी दिए ।

उनकाअनुसार घटनाबारे अनुसन्धान जारी छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख , प्रहरी उपरीक्षक देवेन्द्र पालले घटना प्रारम्भिक अनुसन्धानको चरणमा रहेकाले धेरै कुरा सार्वजनिक गर्न नमिल्ने बताए ।

माया मेट्रो अस्पतालमा कार्यरत डाक्टर शाह बिहीबार बिहान आफ्नै घरको कोठामा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार