२ जेष्ठ २०८१, बुधबार

पूर्व राजा शाहको धनगढी आउने कार्यक्रम स्थगित



धनगढी/ पूर्व राजा ज्ञानेन्द्र शाह धनगढी आउने कार्यक्रम स्थगित भएको छ । नागरिक अभिनन्दन मूल समारोह समितिले शुक्रवार पत्रकार सम्मेलन गर्दै पूर्व राजाको निर्धारित नागरिक अभिनन्दन कार्यक्रम स्थगित भएकोे जनाएको हो ।

पूर्व राजा शाहको धनगढीमा हुन लागेको नागरिक अभिनन्दन विशेष कारणले स्थगित भएको मूल समारोह समितिका संयोजक जयन्त चन्दले बताए ।

यसअघि जेठ ६ गते धनगढी रङ्गशालामा पूर्वराजाको नागरिक अभिनन्दन कार्यक्रम हुने तय भएको थियो । त्यसका लागि आवश्यक तयारी पूरा भइसकेको थियो । अन्तिममा आएर विशेष कारणले स्थगित भएको चन्दले पत्रकार सम्मेलनमा जानकारी दिए ।

उनले स्थगित भएको पूर्व राजाको अभिनन्दन कार्यक्रम धनगढीमा चाँडै हुने बताए ।

नागरिक उन्मुक्तिको आन्दोलनका कारण नागरिक अभिनन्दन कार्यक्रम रद्द भएको अनुमान गरिएको छ । आयोजकले भने विशेष कारण देखाएर सो कार्यक्रम स्थगित भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार