७ बैशाख २०८१, शुक्रबार

गाह्रो भएको छ आधा बाटोमा……



गोबिन्दराज ओझा (राजन

गाह्रो भएको छ आधा बाटोमा छोडेर अन्तै जानुपरेपछि

आँखा बाट आशु आउँछ दिलमा पिडा परे पछि

म सँगै हिँड्छ मेरो छाया पनि

रातिको सुन्दरता बढ्छ जुन तारा देखेपछि

यो मेरो मनमा तिम्रो माया बगिरहोस्

सधैँ भरि मनमा बस्न ठाउँ मिलिरहोस्

जिन्दगीका आयामहरू समय सँगै बदलिन्छन्

मुटुमा काँडा बिझेझैँ बिझेर बसेका हुन्छन्   

यी नदी नला हरू सँग खेल्दै रमाएर बाच्न पाउ

तिमि सँग सँगै यात्रा गरी रमाउन पाउ

बाच्न गाह्रो भएको छ बिछोड पछिको जिन्दगी

गाह्रो भएको छ आधा बाटोमा छोडेर अन्तै जानुपरेपछि     

(दिपायल सिलगढी न.पा.२ दिपायल डोटी )                            

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार