८ बैशाख २०८१, शनिबार

बेलायती राजा चार्ल्स तृतीय राज्याभिषेक, लगाए राजमुकुट



धनगढी/ बेलायती राजा चार्ल्स तृतीयले शनिबार वेस्टमिन्स्टर एबीमा विश्वका एक हजार भन्दा बढी नेताहरु र दशौं लाख टेलिभिजन दर्शकका अगाडि उनले राजमुकुट पहिरिएका हुन् ।

झण्डै एक हजार वर्षदेखि वेस्टमिन्स्टर एबीमा नै राज्याभिषेक तथा मुकुट पहिर्याउने कार्यक्रम हुने गरेको छ ।
शनिबार धर्मगुरु आर्चबिसपले ३६० वर्ष पुरानो सेन्ट एडवार्डको मुकुट चार्ल्स तृतीयको शीरमा राखिदिए ।

सोही अवसरमा आर्चबिसपले क्वीन मेरिज क्राउन रानी कमिलालाई लगाइदिएका थिए।

राजा चार्ल्स तृतीयको राज्यभिषेकमा १९ वटा सैनिक ब्याण्ड, ३३ वटा कमनवेल्थ देशका प्रतिनिधि, २५० वटा घोडा र ४००० सैनिक सहभागी थिए ।

कार्यक्रममा राजपरिवारका सदस्य, सेलिब्रिटी, विभिन्न देशबाट निम्त्याइएका पाहुना गरी २२ सय भन्दा बढी सहभागी गिए ।

बाल्कोनीबाट अभिवादन

राजमुकुट पहिरिएपछि राजा तृतीय वेस्टमिन्स्टर एबीबाट बकिंघम प्यालेसतर्फ फर्किएका थिए । राजा रानी बकिंघम प्यालेसतर्फ फर्किँदा हजारौं सर्वसाधारणले स्वागत गरेका थिए । यो ७० वर्षपछि बेलायतमा आयोजित सबैभन्दा ठूलो सैनिक परेड हो । ७० वर्षअघि एजिजावेथ महारानी वा हुँदा सैनिक परेड गरिएको थियो । एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार