७ पुष २०८१, आईतवार

कैलालीका सरकारी तहमा स्वार्थको द्धन्द्ध अत्याधिक



धनगढी / कैलालीमा रहेका सरकारका कार्यकारी तहमा स्वार्थको द्धन्द्ध अत्याधिक रहेको एक कार्यक्रममा सहभागीहरुले औल्याएका छन् ।

शनिबार धनगढीमा आयोजित स्वार्थको द्धन्द्ध अध्ययन गर्ने उद्धेश्यले आयोजित अन्तरक्रिया सहभागी विभिन्न क्षेत्रका अगुवाहरुले नीति निर्माण, निर्णय कार्य र विकास निर्माणका क्षेत्रमा स्वार्थको द्धन्द्ध चर्को रहेको बताएका हुन ।

भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सूचना अधिकारी कर्मचारी र जनप्रतिनीधिहरुले एकले अर्कालाई स्वार्थका लागि काम गरेको आरोप लगाउने गरेको भए पनि गल्ती दुईवटै पक्षबाट हुने गरेको स्वीकार गरे ।

अधिवक्ता मुकुन्द रानाले स्वार्थको द्धन्द्धको जालो निक्कै बढी भएको चर्चा गर्दे यसको अन्त्य गर्न कठिनाइ रहेको बताए । तर त्यसको अन्त्यका लागि प्रयास गरिरहनु पर्ने उनको भनाइ छ ।

ऐन, नियम बनाउदा होस कि विकास निर्माण हरेक ठाउँमा स्वार्थको द्धन्द्ध रहेको सहभागीहरुले बताए । धनगढी उपमहानगरपालिका वडानम्बर १ का वडाअध्यक्ष सन्तोष मुडभरीले राजनीतिककर्मी र कर्मचारीमा दृढ इच्छाशक्ति भएमा स्वार्थको द्धन्द्धको अन्त्य गर्न नसके पनि न्युन बनाउन सकिने बताए ।

उनले जनताले भोली पनि विकासका काम हुन्छ भन्ने सोच नराख्नाले बढी आवश्यक हुने काम अघि बढाउन कठिनाइ हुने गरेको बताए ।

सो अवसरमा पत्रकार भोजराज जोशीले कैलालीका स्थानीय तह, प्रदेश सरकार र प्रदेश सभाका भएका स्वार्थका घट्नाको फेहरिस्त सुनाएका थिए । सामाजिक कार्यकर्ता सच्चिदानन्द जोशीले हरेक कामलाई स्वार्थको द्धन्द्धकारुपमा मात्रै बुझ्न नहुने बताउदै नियत के हो त्यो राम्ररी बुझ्नु पर्ने आवश्यक्ता औल्याए ।

नेपाल पोलिसी इन्स्टिच्युटको आयोजनामा भएको छलफलमा सो अध्ययनमा संलग्न अर्थशास्त्री डा. विकल श्रेष्ठले छलफलमा उठेका सवाल नीतिगत सुधारमा सहयोग पुगाउन उद्धेश्यले सङ्घीय सरकारलाई बुझाउने पनि बताए ।

पोलिसी इन्स्टिच्युटकै प्रतिज्ञा बस्यालले धेरै ठाउँमा स्वार्थको द्धन्द्धका घटना सुनिएको बताउदै आफूहरुले त्यस्ता विषयको चार महिनासम्म गहिरो अध्ययन गर्ने बताइन । उनका अनुसार यस्ता छलफल नेपालगञ्ज, विराटनगर र काठमाडौमा समेत गरिने छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार