१३ बैशाख २०८१, बिहीबार

धनगढीमा प्रथम मुख्यमन्त्री राष्ट्रिय फेन्सिङ प्रतियोगिता हुने




धनगढी/
अत्यन्तै नयाँ खेलकारुपमा परिचित फेन्सिङ खेलको राष्ट्रिय प्रतियोगिता धनगढीमा हुने भएको छ । प्रथम मुख्यमन्त्री राष्ट्रिय फेन्सिङ नाम दिइएको प्रतियोगिता चैत २९ र ३० गते धनगढीमा हुने भएको हो ।

कैलाली जिल्ला फेन्सिङ संघको आयोजनामा हुने सो प्रतियोगिताका हुन लागेको हो । प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेश खेलकुद परिषद मुख्य सहयोगी रहेको छ । १३ लाख ५७ हजार भन्दा बढी खर्च हुने अनुमान गरिएको सो प्रतियोगिताका लागि प्रदेश खेलकुद परिषदले पाँच लाख रुपियाँ सहयोग गर्ने भएको छ । बाँकी रकम विभिन्न पक्षसंग सहयोग मागेर जुटाइने फेन्सिङ संघले जनाएको छ ।

सोमबार प्रतियोगिता सञ्चालनका लागि सहयोग गर्न खेलकुद परिषद र फेन्सिङ संघबीच सम्झौतामा हस्ताक्षर भएको छ । नयाँ खालको खेल भएकोले यसको प्रर्वद्धनमा सहयोग पुगाउन सहयोग गरेको प्रदेश खेलकुद परिषदका सचिव दीपकबहादुर सिंहले बताए ।

सदस्य सचिव सिंहका अनुसार नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिमले स्वर्ण पदक प्राप्त गरेको थियो । सुदूरपश्चिमका लागि जलेन्द्र शाहीले स्वर्ण पदका जितेका थिए ।

कैलाली जिल्ला फेन्सिङ संघका अध्यक्ष समेत रहेका शाहीकै सक्रियतामा सो प्रतियोगिता हुने भएको हो । धनगढीलाई फेन्सिङको हव बनाउने उदेश्यले सो प्रतियोगिता आयोजना गरिएको अध्यक्ष शाहीले बताए ।

युरोपबाट भित्रिएको सो खेलमा शाही विभिन्न देशका प्रतियोगितामा सहभागी हुनु भएको छ । सुदूरपश्चिममा हुने प्रथम मुख्यमन्त्री राष्ट्रिय फेन्सिङ प्रतियोगितामा त्रिभुवन आर्मी क्लव, शसस्त्र प्रहरी वल, कोशी, गण्डकी, बागमती र सुदूरपश्चिम प्रदेशका महिला र पुरुष गरेर ७० जना खेलाडी सहभागी हुने अध्यक्ष शाहीले बताए ।

अध्यक्ष शाहीका अनुसार २० वर्षमुनीको खेल इपी र खुला खेल सेवर विद्यामा खेलाइने छ । दुईवटै विद्याका खेलमा महिला र पुरुषकाबीच अलगअलग खेल समेत हुनेछन् ।

इपी खेलमा शरिरभरी जुनसुकै भागमा ७.५ ग्रामको भार पुगेपछि अंक पाउने नियम छ भने सेवरमा कम्मरमाथि छोइएमा नम्बर दिइने गरिन्छ । ती दुईवटै खेलको समयअवधी तीन मिनेटको हुन्छ । खेलाडीले तीन मिनेटमा पाँच अंक पाउनका लागि तीन मिनेट खेल खेल्ने गर्छन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार