१५ चैत्र २०८०, बिहीबार

एसपीएका सागरले बनाएको एसपीए ईभीकार सार्वजनिक




धनगढी/ एसपीए कलेजका विद्यार्थी सागर खनालले बनाएकोे एसपीए ईभी मोडल एक कारको बुधवार धनगढीमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ ।

कलेजमा भएको उक्त कार्यक्रममा धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले कार सार्वजनिक गरेका हुन् । एसपीएको कक्षा १२ विज्ञान संकायमा अध्ययनतर सागर खनालले उक्त कार बनाएका हुन ।

उक्त कार बनाउन उनलाई छ महिनाको समय लागेको थियो । उक्त कार निमार्ण लागत ३ लाख रुपैया छ । कार निर्माणको सम्पूर्ण खर्च एसपीए कलेजले व्यहोरेको छ ।

निर्माणकर्ता सागरका अनुसार एक पटक चार्ज गरेमा सो कार ८० देखि एक सय किलोमिटर सम्म चल्न सक्छ । कार स्टार्ट गर्नका लागि चावीसंगै सेक्यूरेटी नम्बर पनि आवश्यक पर्दछ । यसले गर्दा कार चोरी हुने सम्भावना नरहने खनालले बताए ।

त्यसबाहेक कारमा फोल्डीङ सिटको व्यवस्था गरिएको छ । सिटहरु आवश्यकता अनुसार अगाडि, पछाडि फोल्डीङ गर्न सकिन्छ । कारमा विभिन्न क्यामराहरुको प्रयोग गरिएको छ । जसले गर्दा चालकले अगाडि,पछाडि कोही भए नभएको हेर्न सक्छन ।

यो ईलेक्टोनि कार भएकाले वातावरणमैत्री पनि छ । कारको उद्धघाटनसंगै मेयर हमालले निर्माणकर्ता सागरसंगै बसेर कलेजको प्रांगणमा फन्को लगाएका थिए ।

कारमा सवारी गरेपछि मेयर हमालले निर्माणकर्तालाई बधाई दिदै कलेजले आफ्ना विद्यार्थीको प्रतिभा विकासमा गरेको लगानीको प्रसंसा गरे ।

मेयर हमालले सागर जस्तै अरु आविष्कारक युवालाई सहयोग गर्न उपमहानगरपालिका सधै तत्पर रहने बताए ।

कार्यक्रममा एसपीएका क्यामपस प्रमुख योगराज उपाध्यायले विधाार्थीले देखाएको ईच्छाशक्तिलाई यथार्थमा प्ररिणत गर्न एसपीए कलेज ठुलो लगानी गर्न समेतपछि नपर्ने कुराको उदाहरण यो भएको बताए ।

निर्माणकर्ता सागर खनालले कलेजको सहयोगबाट मत्रै आफ्नो सपना साकार भएको बताए । आफूले उक्तकार बनाउने आईडिया कलेजका प्रबन्ध निर्देशक सुवास शाहीलाई प्रस्ताव राखेको अर्को दिनमै कलेज लगानी गर्न तयार भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार