१६ चैत्र २०८०, शुक्रबार

डिसिएलाई खडगप्रसाद गौचन कपको उपाधि




धनगढी/ धनगढी क्रिकेट एकेडेमी (डिसिए) ले भैरहवामा भएको खड्गप्रसाद गौचन मेमोरियल कप क्रिकेट जितेको छ ।
बिहीबार भएको फाइनल खेलमा डिसिएले काठमाडौंको एक्सिलेन्स क्रिकेट एकेडेमी (सिइसी) लाई दुई विकेटले हराउँदै ३० हजार रुपैयाँ पुरस्कारसहित ट्रफी उचाल्यो ।

खेलमा डिसिए टस जितेर पहिले फिल्डङ गर्ने निर्णय गर्यो । सिइसीले ३९ दशमलव दुई ओभरमा सबै विकेट गुमाएर एक सय ४९ रन बनायो । सिइसीका स्मिथ बुढाले ४६ रन बनायो भने उमकर यादवले २५ र सिद्धान्त सावदले २० रन बनाए । बलिङतर्फ डिसिएका निशान्त रेग्मी, सचिन साउँद र निरज ऐरले दुई÷दुई विकेट लिए ।

एक सय ४० रनको विजय लक्ष्य पाएको डिसिएको ३१ ओभरमा ८ विकेट क्षतीमा पुरा गर्यो । डिसिएका निरज ऐरले ३९ बनाए भने रविन्द्र कुँवरले ३० रन जोडे । बलिङतर्फ सिइसीका करण घर्तीमगर र ओकर यादवले दुई÷दुई विकेट लिए ।
फाइनल खेलको प्लेयर अफ द म्याच डिसिएका निरज ऐर बने । प्रतियोगितामा डिसिए अपराजित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार