२९ बैशाख २०८१, शनिबार

खडगप्रसाद गौचन स्मृति क्रिकेट
डिसिएको लगातार दोस्रो जीत





धनगढी

भैरहवामा जारी खड्गप्रसाद गौचन मेमोरियल अण्डर–१९ क्रिकेट प्रतियोगितामा आइतबारको खेलमा धनगढी क्रिकेट एकेडेमी (डिसिए) ले दोस्रो जीत प्राप्त गरेको छ । डिसिएले काठमाडौंको एक्सिलेन्स क्रिकेट एकेडेमी (सिईसी) लाई ८ रनले पराजित गर्यो । यसअघि, शनिबारको खेलमा डिसिएले बुटवलको न्यू होइजन एकेडेमीलाई पराजित गरेको थियो ।

आइतबारको खेलमा डिसिएले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ८८ रनमा अलआउट भयो । डिसिएका आशिष लुहारले १७ रन तथा निरज ऐरले १४ रन बनाए । बलिङतर्फ सिईसीका किरण घर्तीमगरले चार विकेट लिए । त्यस्तै, ओमकार यादव र शिवाकर श्रेष्ठले दुई÷दुई विकेट लिए ।

डिसिएले दिएको ८९ रनको लक्ष्य पछ्याएको सिईसी ८१ रनमा अलआउट भयो । सिईसीका ओमकर यादवले ३४ रन बनाए । भने सिद्धान्त साउँद र स्मिथ बुढाले १४÷१४ रन जोडे । सिइसीमाथि आठ रनको रोमाञ्चक जीत प्राप्त गर्ने क्रममा डिसिएका निरज ऐर, दिनेशराज जोशी र निशान्त रेग्मीले दुई÷दुई विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार