२९ बैशाख २०८१, शनिबार

खडगप्रसाद गौचन कप क्रिकेट
डिसिएको जीत




धनगढी/ भैरहवामा जारी खड्गप्रसाद गौचन अण्डर–१९ क्रिकेट प्रतियोगिताको .आज शनिबारको खेलमा धनगढी क्रिकेट एकेडेमी (डिसिए) विजयी भएको छ । डिसिएले बुटबलको न्यू होराइजन एकेडेमीलाई पाँच विकेटले पराजित गर्यो ।

शनिबारको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको न्यू होराइजन १९ दशमलव एक ओभरमा अलआउट भयो । न्यू होराइजनका अमर मिश्रले १३ र विशाल भूसालले ११ रन बनाए पनि अन्य खेलाडिले दोहोरो अङ्क छुन नसकेपछि पुरै टिम लज्जास्पद स्कोरमा समेटियो । न्यू होराइजनलाई सस्तैमा समेट्ने क्रममा डिसिएका सूर्या श्रेष्ठ पााच ओभरमा दुई मेडन ओभरसहित १० रन दिएर तीन विकेट लिए । तीन विकेट दिनेशराज जोशीको नाममा रह्यो ।

दुई दशमलव ४५ रनको सहज विजय लक्ष्य डिसिएले १२ दशमलव तीन ओभरमा पाँच विकेट क्षतीमा पुरा गर्यो । डिसिएका आशिष लुहारले १५ रन बनाए । खेलको प्लेयर अफ द म्याच डिसिएका सूर्या बने ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार