२९ बैशाख २०८१, शनिबार

एलपिएल क्रिकेट, सत्यवती र लोटस आई फाइनलमा प्रवेश





धनगढी/ धनगढीमा जारी विद्यालय स्तरीय अण्डर–१९ लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) क्रिकेट प्रतियोगितामा कैलालीको अत्तरियाका लोटस आइ हाइस्कुल र सत्यवती एकेडेमी फाइनलमा प्रवेश गरेका छन् ।

बिहीबार भएका सेमिफाइनल खेलमा लोटस आइले लिटल फ्लावर हाइस्कुललाई ७२ रनले पराजित गर्यो । भने सत्यवती एकेडेमीले नव बालबाटिका विद्या मन्दिरलाई पाँच विकेट हरायो ।

धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा भएको बिहीबारको पहिलो खेलमा लोटस आइले टस जितेर ब्याटिङ गर्ने निर्णय गर्यो । लोटस आइका ब्याट्सम्यानले पहिले ब्याटिङ गर्ने निर्णयलाई सही सावित गर्दै निर्धारित २० ओभरमा ७ विकेट क्षतीमा एक सय ५९ रनको स्कोर खडा गरे । लोटस आइका आयुव चन्दले ४९ रनको आकर्षक पारी खेले । त्यस्तै, योगेश भाटले अविजित २८ रन बनाउँदा लक्की कडायतले २५ रन जोडे । बलिङतर्फ लिटल फ्लावरका आशिष साहुले तीन विकेट लिए ।

प्रतिओभर ८ रनको विजय लक्ष्य पछ्याएको लिटल फ्लावर शुरुदेखि नै लोटस आइको सटिक तथा घातक बलिङसामु निरीह बने । फलस्वरुप लिटल फ्लावर १९ दशमलव पाँच ओभरमा ८७ रनमा अलआउट भयो । लिटल फ्लावरका सुवास ऐरले २६ र बसन्त कार्कीले २३ रन बनाए ।

लिटल फ्लावरमाथि ७३ रनको जीत प्राप्त गर्ने क्रममा अलराउण्ड प्रदर्शन गरेका लोटस आइका आयुव चन्द तीन विकेट लिए । त्यस्तै, सुशील रावल र नरेन साउँदको नाममा पनि तीन÷तीन विकेट रह्यो । ४९ रन बनाउनुका साथै तीन विकेट लिएका लोटस आइका आयुव प्लेयर अफ द म्याच बने ।

बिहीबारको दोस्रो सेमिफाइनल खेलमा सत्यवती एकेडेमीले नव बालबाटिकामाथि पाँच विकेटको विजय प्राप्त गर्यो । टस जितेर पहिले ब्याटिङ गर्दैे नव बालबाटिकाले १८ दशमलव चार ओभरमा सबै विकेट गुमाएर एक सय ११ रन बनायो । नव बालबाटिकाका विराट भण्डारीले ३३ र नरबहादुर सार्कीले ३२ रन बनाए । बलिङतर्फ सत्यवतीका नीरज भट्ट र जीत साउँदले दुई÷दुई विकेट लिए ।

एक सय १२ रनको विजय लक्ष्य पाएको एलपिएलको डिफेन्डिङ च्याम्पियन समेत रहेको सत्यवती एकेमेडीले १८ दशमलव एक ओभरमा पाँच विकेट गुमाएर पुरा गर्यो । सत्यवतीका प्रतीक श्रेष्ठले अविजित ३७ बनाए । त्यस्तै, अभिषेक कार्कीले १९ तथा खगेन्द्र जोशीले १७ रन बनाए । बलिङतर्फ नव बालबाटिकाका गजेन्द्र बोहरा र रिजन थापाले दुई÷दुई विकेट लिए । सो खेलको प्लेयर अफ द म्याच सत्यवतिका प्रतीक श्रेष्ठ बने ।

लिटल फ्लावर स्पोर्ट्स एण्ड इभेन्ट्सको आयोजनामा जारी प्रतियोगितामा कैलाली र कञ्चनपुरका १० टिमको सहभागिता रहेको छ । आयोजकका अनुसार प्रतियोगिताको विजेताले दुई लाख ५१ हजार तथा उपविजेताले एक लाख २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

त्यस्तै, प्रतियोगिताको प्लेयर अफ द सिरिजले २० हजार तथा उत्कृष्ट बलर र ब्याट्सम्यानले जनही १० हजार रुपैयाँ एवं उदयमान खेलाडीले पाँच हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

एलपिएल क्रिकेट
सत्यवती र लोटस आई फाइनलमा प्रवेश
अनुमोदन समाचार
धनगढी, फागुन ४ गते ।
धनगढीमा जारी विद्यालय स्तरीय अण्डर–१९ लिटल फ्लावर प्रिमियर लिग ९एलपिएल० क्रिकेट प्रतियोगितामा कैलालीको अत्तरियाका लोटस आइ हाइस्कुल र सत्यवती एकेडेमी फाइनलमा प्रवेश गरेका छन् ।
बिहीबार भएका सेमिफाइनल खेलमा लोटस आइले लिटल फ्लावर हाइस्कुललाई ७२ रनले पराजित गर्यो । भने सत्यवती एकेडेमीले नव बालबाटिका विद्या मन्दिरलाई पाँच विकेट हरायो ।
धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा भएको बिहीबारको पहिलो खेलमा लोटस आइले टस जितेर ब्याटिङ गर्ने निर्णय गर्यो । लोटस आइका ब्याट्सम्यानले पहिले ब्याटिङ गर्ने निर्णयलाई सही सावित गर्दै निर्धारित २० ओभरमा ७ विकेट क्षतीमा एक सय ५९ रनको स्कोर खडा गरे । लोटस आइका आयुव चन्दले ४९ रनको आकर्षक पारी खेले । त्यस्तै, योगेश भाटले अविजित २८ रन बनाउँदा लक्की कडायतले २५ रन जोडे । बलिङतर्फ लिटल फ्लावरका आशिष साहुले तीन विकेट लिए ।
प्रतिओभर ८ रनको विजय लक्ष्य पछ्याएको लिटल फ्लावर शुरुदेखि नै लोटस आइको सटिक तथा घातक बलिङसामु निरीह बने । फलस्वरुप लिटल फ्लावर १९ दशमलव पाँच ओभरमा ८७ रनमा अलआउट भयो । लिटल फ्लावरका सुवास ऐरले २६ र बसन्त कार्कीले २३ रन बनाए ।
लिटल फ्लावरमाथि ७३ रनको जीत प्राप्त गर्ने क्रममा अलराउण्ड प्रदर्शन गरेका लोटस आइका आयुव चन्द तीन विकेट लिए । त्यस्तै, सुशील रावल र नरेन साउँदको नाममा पनि तीन÷तीन विकेट रह्यो । ४९ रन बनाउनुका साथै तीन विकेट लिएका लोटस आइका आयुव प्लेयर अफ द म्याच बने ।
बिहीबारको दोस्रो सेमिफाइनल खेलमा सत्यवती एकेडेमीले नव बालबाटिकामाथि पाँच विकेटको विजय प्राप्त गर्यो । टस जितेर पहिले ब्याटिङ गर्दैे नव बालबाटिकाले १८ दशमलव चार ओभरमा सबै विकेट गुमाएर एक सय ११ रन बनायो । नव बालबाटिकाका विराट भण्डारीले ३३ र नरबहादुर सार्कीले ३२ रन बनाए । बलिङतर्फ सत्यवतीका नीरज भट्ट र जीत साउँदले दुई÷दुई विकेट लिए ।
एक सय १२ रनको विजय लक्ष्य पाएको एलपिएलको डिफेन्डिङ च्याम्पियन समेत रहेको सत्यवती एकेमेडीले १८ दशमलव एक ओभरमा पाँच विकेट गुमाएर पुरा गर्यो । सत्यवतीका प्रतीक श्रेष्ठले अविजित ३७ बनाए । त्यस्तै, अभिषेक कार्कीले १९ तथा खगेन्द्र जोशीले १७ रन बनाए । बलिङतर्फ नव बालबाटिकाका गजेन्द्र बोहरा र रिजन थापाले दुई÷दुई विकेट लिए । सो खेलको प्लेयर अफ द म्याच सत्यवतिका प्रतीक श्रेष्ठ बने ।
लिटल फ्लावर स्पोर्ट्स एण्ड इभेन्ट्सको आयोजनामा जारी प्रतियोगितामा कैलाली र कञ्चनपुरका १० टिमको सहभागिता रहेको छ । आयोजकका अनुसार प्रतियोगिताको विजेताले दुई लाख ५१ हजार तथा उपविजेताले एक लाख २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
त्यस्तै, प्रतियोगिताको प्लेयर अफ द सिरिजले २० हजार तथा उत्कृष्ट बलर र ब्याट्सम्यानले जनही १० हजार रुपैयाँ एवं उदयमान खेलाडीले पाँच हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार