८ कार्तिक २०८१, बिहीबार

व्याडमिन्टन प्रतियोगिताको उपाधी होटल साइनोलाई



अछाम/ अछाम जिल्लाको साँफेबगरमा आयोजित प्रथम नगर प्रमुख व्याडमिन्टन प्रतियोगिताको उपाधी होटल साइनोले हात पारेको छ । फाइनलमा आयोजक साँफेबगर नगरपालिकालाई पराजित गर्दै होटेल साइनोले उपाधि हात पारेको हो ।

होटेल साइनोका खेलाडी रमेश कुँवर र धिरज रावलको जोडीले उपाधि चुमेको हो । उपाधि जितेको साइनो होटेलले नगद ५१ हजार, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । सो जोडीले साँफेबगर नगरपालिकाका खेलाडी सुरेन्द्र कुँवर र कृष्ण कुँवरलाई पराजित गरेको हो ।

यस्तै उपविजेता भएको आयोजक नगरपालिकाले ३१ हजार सहित मेडल र प्रमाणपत्र हात पारेको हो । त्यस्तै उत्कृष्ट खेलाडी होटल साईनोको रमेश कुँवर भए । प्रतियोगितामा अछामका २० टिमले सहभागी थिए ।

नगर खेलकुद विकास समितिको आयोजना तथा साँफेबगर नगरपालिकाको सहयोगमा प्रतियोगिता आयोजना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार