१३ माघ २०७९, शुक्रबार

दीपेन्द्र डिसिए कप क्रिकेट
हिलवर्डद्वारा शारदा पराजित




धनगढी

धनगढीमा जारी दीपेन्द्र स्वार स्मृति डिसिए अन्तर स्कुल क्रिकेट प्रतियोगिताको आइतबार भएको पहिलो खेलमा हिलवर्ड स्कुल विजयी भएको छ । फाप्ला क्रिकेट मैदानमा भएको खेलमा शारदा माविलाई हिलवल्र्ड बोर्डिङ स्कुलले ४६ रनले पराजित गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको हिलवल्र्डले निर्धारित २० ओभरमा नौ विकेट क्षतीमा एक सय २० रन बनायो । हिलवर्डका अमित परियारले १९ बलमा दुई छक्का र एक चौका हिर्काउँदै २५ रन बनाए । त्यस्तै, करणसिंह धामीले २६ बलमा दुई चौकासहित २२ तथा रमेश बिष्टले ११ बलमा दुई चौकासहित १० रन बनाए । बलिङतर्फ शारदा माविका सागर सिंह, पवन बिष्ट र रमेश बिष्टले दुई–दुई विकेट लिए ।

जवाफमा शारदा १४ दशमलव एक ओभरमा ७४ रनमा अलआउट भयो । शारदाका प्रविन खत्रीले २३ बलमा दुई चौकासहित १६ तथा आयुष बोहराले १८ बलमा आठ रन बनाए ।

शारदा. माविमाथि ४६ रनले हराउने क्रममा हिलवर्डका भक्त साउद र सुशील खड्काले तीन–तीन तथा विवेक विकले दुई विकेट लिए ।

धनगढी क्रिकेट एकेडेमी (डिसिए) को आयोजनामा भइरहेको प्रतियोगिता आगामी १६ गतेसम्म चल्ने छ ।
डिसीएका पूर्व खेलाडी समेत रहेका दीपेन्द्र स्वारको केही वर्षअघि कैलालीमा सडक दुर्घटनामा निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्