२४ बैशाख २०८१, सोमबार

आफ्नै बसले च्यापेर मालिकको मृत्यू




टीकापुर / कैलालीको टीकापुरमा बसले च्याप्दा बस मालिकको ज्यान गएको छ । ना ५ ख ५८७२ नम्बरको बसका मालिक विष्णु देवकोटाको बसबाट झर्ने क्रममा बसको चक्कामा परेर ज्यान गएको हो ।

ईलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक सुरजबहादुर खडकाका अनुसार दुई बसबीच यात्रु चढाउने प्रतिस्पर्धा हुँदा राम्ररी नरोकिएको बसबाट झर्ने क्रममा देवकोटा च्यापिएको बताउनुभयो ।

टाउकोमा चोट लागेर घाइते हुनुभएका देवकोटाको उपचारको लागि टीकापुर अस्पतालमा भर्ना गरिएको र उपचारका क्रममा मृत्यु भएको हो । बस टीकापुरबाट धनगढीका लागि छुटेको थियो ।

बस र बसका चालकलाई प्रहरीले नियन्त्रणका लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार