३ जेष्ठ २०८१, बिहीबार

डडेल्धुरामा शुरु भए जाँत




डडेल्धुरा /
डडेल्धुरा लगायत सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा जाँतको रौनक बढेको छ । तिहार सकिए लगत्तै पहाडी जिल्लाहरुमा धार्मिक, सांस्कृतिक पर्व (जाँत) शुरु भएका छन् । डडेल्धुरा लगायतका पहाडी जिल्लाहरुमा कार्तिक र मंसिर महिनामा जाँत हुनेगरेका छन् ।

अहिले डडेल्धुराको अमरगढी नगरपालिका–७, शैलेश्वर खोलाको किनारमा रहेको शैलेश्वर महादेव मन्दिरमा पुजाआजापछि जाँत शुरु हुने गरेका छन् । सो स्थानमा प्रत्येक वर्ष कार्तिक शुक्ल सप्तमी र अष्टमीमा शैलेश्वर महादेव मन्दिरमा पुजाआजा हुने गरेको छ ।

शैलेश्वर महादेवको पूजाआजापछि डडेल्धुरामा कोलासमैजी, भागेश्वर, उग्रतारा, लाटागन्याप, जगन्नाथ, डागेश्वर, नवदुर्गा र मष्टा भगवतीमा जाँत लाग्ने गरेको छ ।

शैलेश्वर महादेव मन्दिरमा पुजाआजा भएको पाँचौ दिनमा कोला समैजी र १० दिनपछि उग्रतारामा जाँत मनाइने गरेका छन् । कार्तिक शुक्ल दशमी र शुक्ल एकादशीका दिन कोला समैजीमा पुजाआजा गरिन्छ । यो मन्दिर अजयमेरु गाउँपालिका–१ सैमजीमा रहेको छ ।

त्यस्तै, कात्तिक शुक्ल पूर्णिमा र मार्ग कृष्ण प्रतिपदामा उग्रतारामा जाँत लाग्ने गरेको छ । भने कार्तिक शुक्ल चतुर्दशीमा भागेश्वर गाउँपालिका–५ मा रहेको भागेश्वर मन्दिरमामा पुजाआजा हुने गरेको छ ।

त्यस्तै, गन्यापधुरा गाउँपालिका–४ कैलपालमाण्डौस्थित कैलपालमाण्डौमा पूजाआजा सहित जाँत मनाईने गरेको छ ।
त्यस्तै, गन्यापधुरा गाउँपालिकामा रहेको लाटागन्याप देवताको पूजाआजासंगै बडालको चौलो कात्तिक शुक्ल नवमीको राति जाग्रम बसेर दोस्रो दिन बिहानदेखि बाँजागाजासहित धामी नाचसंगै चौलो प्रदर्शन हुनेगरेको छ ।

त्यस्तै, अजमेरु गाउँपालिका–६ कानाकोटस्थिते जगन्नाथ मन्दिरमा कार्तिकमा जाात हुने गरेको छ । नवदुर्गा गाउँपालिका–३ चेल्पीचौरासमा मष्टा मन्दिरमा पूजाआजासहित मेला लाग्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार