४ जेष्ठ २०८१, शुक्रबार

थ्रेसरमा बेरिएर एक महिलाको मृत्यु




धनगढी/ कैलालीको कैलारी गाउँपालिका–३, भर्रीगाउँमा थ्रेसर मेसिनमा धान हाल्ने क्रममा एक महिलाको मृत्यु भएको छ ।
आइतबार मध्यरातीको समयमा धान थ्रेसिङ गर्ने क्रममा मेसिनमा काटेको धान हालिरहेकी बुधराम चौधरीका ४५ वर्षीया श्रीमती बिना चौधरीको मेसिनमा पटुकी फस्न गई मृत्यु भएको बताइएको छ ।

हसुलिया इलाका प्रहरी कार्यालयका अनुसार मेसिनमा धान हालिरहेको वेला बिनाको टाउकोमा बेरेको पटुकी मेसिनमा फस्न गएको थियो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, कैलालीले घटनाको अनुसन्धानका लागि सोमबार बिहानै प्रहरी सहायक निरीक्षकको नेतृत्वमा तीन जनाको टोली घटनास्थलतर्फ पठाइएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार