१७ बैशाख २०८१, सोमबार

बाजुरामा कांग्रेस र माओवादी गठवन्धनका उम्मेदवारको मनोनयन दर्ता




बाजुरा/ बाजुरामा प्रतिनिधि सभा सदस्यका लागि गठवन्धनका तर्फबाट नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले उम्मेदवारको मनोनयन दर्ता गराएका छन् ।

पाण्डेले संविधान सभा सदस्य र राष्टिय सभाको अनुभव हासिल गरिसकेका छन् । वाल्मिकी क्याम्पसका स्ववियू सभापति भएका पाण्डे कांग्रेसमा शेखर कोइराला निटक मानिन्छन् । सुदूरपश्चिमका १६ प्रतिनिधि सभाका सीटमा कोइराला समुहले दार्चुला र बाजुरामा मात्र उम्मेदवार बनाउन पाएको छ ।

यस्तै प्रदेश (क) मा गठवन्धनका तर्फबाट माओवादीका नेता कर्णबहादुर विक र प्रदेश (ख) बाट नेपाली कांग्रेसका पदमबहादुर शाहीले उम्मेदवारी दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय बाजुराका प्रमुख नवराज अवस्थीले बताए ।

कांग्रेसका शाही ०७४ को प्रदेश सभा सदस्यमा सोही क्षेत्रबाट पराजीत भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार