२२ बैशाख २०८१, शनिबार

कैलाली ५ ख बाट भण्डारीको स्वतन्त्र उम्मेदवारी दर्ता




धनगढी/ नेपाली कांग्रेसका महासमिति सदस्य क्षितिज भण्डारीले कैलाली क्षेत्र नम्बर ५ को प्रदेश सभा निर्वाचन क्षेत्र ख बाट स्वतन्त्र उम्मेदवारका रुपमा मनोनयन दर्ता गराएका छन् ।

पार्टी सभापति शेरबहादुर देउवाले आफूमाथि अन्याय गरेको भन्र्दै उम्मेदवारी दर्ता गरेको उनले बताए ।

भण्डारी नेपाली विद्यार्थी संघका कार्यवहाक सभापति पनि भइसकेका युवा नेता हुन ।

नेपाली कांग्रेसले सो क्षेत्रबाट महाधिवेशन प्रतिनिधि तथा युवा नेता प्रकाशबहादुर देउवालाई उम्मेदवार बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार