१४ बैशाख २०८१, शुक्रबार

जानकीमा सुरक्षाकर्मी कुटेको भन्दै तीन जना पक्राउ




निर्दोषलाई पक्राउ गरेको स्थानीयको आरोप


टीकापुर / टीकापुर इलाका प्रहरीले दुई सुरक्षाकर्मी कुटिएको भन्दै जानकी गाउँपालिका वडा नम्बर ३ का तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा लक्ष्मण चौधरी, आशाराम चौधरी र राम चौधरी रहेका छन् । उनीहरुलाई बिहीबार राती घरघरबाट पक्राउ गरिएको हो ।

स्थानीयका अनुसार प्रहरीलाई कता कसले कुट्यो थाहा छैन तर दशैको कार्यक्रम रातीसम्म गरेर प्रहरी कुटेको भन्दै तीन जनालाई पक्राउ गरिएको छ ।
लायकपुर शिविरमा दशै सम्वन्धी कार्यक्रम थियो, त्यहाँ कुनै झगडा भएन तर सञ्चालक लक्ष्मण सहितका कार्यक्रमका आयोजकलाई पक्राउ गरिएको स्थानीयको भनाइ छ ।

टीकापुर इलाका प्रहरी कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हेम शाहीले भने प्रहरी अनुसन्धान गरिरहेकोले कोही निर्दोष भए छुट्ने बताए ।

उनले भने, टीकापुर सहितको वरपरको क्षेत्र संवेदनशील भएकोले दशैका कार्यक्रम गर्दा अनुमति लिनु पर्ने बताए । लायकपुरको कार्यक्रम पनि अनुमति विना नै गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार