१३ बैशाख २०८१, बिहीबार

राजधानी कपको उपाधि लुम्बिनीलाई



धनगढी । लुम्बिनी प्रदेशले कैलालीको धनगढीमा भएको सुदूरपश्चिम राजधानी कप राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार धनगढी रंगशालामा भएको फाइनल खेलमा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई सडनडेथमा हराउँदै उपाधि जितेको हो ।

लुम्बिनीले कर्णालीलाई सडनडेथमा १०–९ ले हराएको हो । यसअघि निर्धारित समय दुबै टोलीले १–१ को बराबरी खेलेका थिए । दुबै टोलीले आत्मघाती गोल गर्दा बराबरी भएको थियो ।

उपाधिसँगै लुम्बिनी प्रदेशले नगद ५ लाखसहित ट्रफी मेडल प्राप्त गरेको छ । उपविजेता कर्णाली प्रदेशले नगद ३ लाखसहित ट्रफी मेडल प्राप्त गरेको छ ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी लुम्बिनी प्रदेशका फागुराम चौधरी भए । उनले नगद २० हजार पाए । यस्तै, उत्कृष्ट रक्षक लुम्बिनी प्रदेशका चेतन थारू, उत्कृष्ट गोलरक्षक कर्णाली प्रदेशका सुदीप शाही ठकुरी, उत्कृष्ट प्रशिक्षक कर्णाली प्रदेशका चन्द्रप्रकाश शाही, उत्कृष्ट मिडफिल्डर कर्णाली प्रदेशका भुपेन्द्र शाही भए । उनीहरूले जनही दश/दश हजार पाए ।

प्रतियोगिता पिएफए स्पोर्टस् क्लब अत्तरियाको आयोजनामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार