६ चैत्र २०८०, मंगलवार

सुदूरपश्चिम राजधानी कप फुटवल



कर्णाली र लुम्बिनी सेमिफाइनलमा

धनगढी/ कैलालीको धनगढीमा जारी चौथो सुदूरपश्चिम राजधानी कप राष्ट्रिय फुटबल प्रतियोगिताको आइतबारको खेलमा कर्णाली र लुम्बिनी प्रदेश विजयी भएका छन् । जीतसगै दुवै टिम प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । प्रतियोगिता नकआउटको आधारमा खेलाइएको छ ।


प्रतियोगिता शनिबार उद्घाटन भएको थियो । शनिबार कर्णाली र सुदूरपश्चिम प्रदेश रातोबीचको उद्घाटन खेल वर्षा र अँध्यारोका कारण निर्धारित समयभन्दा १७ मिनेटअघि रोकिएपछि आज (आइतबार) खेलाइएको थियो ।
दुई दिनदेखिको वर्षाका कारण धनगढी रंगशालाको खेलमैदान हिलाम्मे भएपछि फाप्ला क्रिकेट रंगशालाको खेल मैदानमा सारिएको थियो ।


पहिलो खेलको आइतबार भएको बाँकी १७ मिनेटको खेलमा दुवै टिमबाट गोल हुननसकेपछि खेल पेनाल्टी सुटमा प्रवेश गरेको थियो । पेनाल्टी सुटमा दुवै टिमले ४–४ गोल गरेपछि खेल सडन डेथमा खेलाइएको थियो । सडन डेथमा कर्णालीले एक गोल गर्दै ५–४ ले खेल जित्यो ।

आइतबारको अर्को खेलमा लुम्बिनीले मधेश प्रदेशलाई ४–२ गोल अन्तरले हरायो ।

पिएफए स्पोटर््स क्लव अत्तरियाको आयोजनामा भइरहेको प्रतियोगिता आगामी १५ गतेसम्म सञ्चालन हुनेछ ।
प्रतियोगिताको विजेताले ५ लाख तथा उपविजेताले ३ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार