१९ आश्विन २०७९, बुधबार

विद्यालयको छतबाट खसेर एकको मृत्यु




धनगढी/ धनगढी उपमहानगरपालिका–४ राष्ट्रिय तुल्सीराम माध्यामिक विद्यालय भवनको छतबाट खसेर एक जनाको मृत्यु भएको छ । विद्यालय नजिकै बस्ने ६५ वर्षीय खडकसिंह खड्काको बिहीबार राती विद्यालयको दुई तले भवनको छतबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार खड्कसिंह राती सोही विद्यालयको छतमा सुतेका थिए । विद्यालय परिसरमा एक पुरुष मृत अवस्थामा फेला परेको खबर आएपछि धनगढी वडा प्रहरी कार्यालयको एक टोली घटनास्थलमा पुगेको थियो ।

जिल्ला प्रहरी कार्यालयले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्