२३ बैशाख २०८१, आईतवार

सुदूरपश्चिम राजधानी कप फुटवल,ट्रफी र खेलतालिका सार्वजनिक



धनगढी/ आगामी ८ गतेदेखि धनगढीमा आयोजना हुने सुदूरपश्चिम राजधानी कप, २०७९ को ट्रफी र खेल तालिका बुधबार सार्वजनिक गरिएको छ ।

बुधबार धनगढी रंगशालामा एक कार्यक्रमबीच प्रतियोगिताको ट्रफी र खेल तालिका सार्वजनिक गरियो । पिएफए स्पोटर्स क्लवको आयोजनामा हुने प्रतियोगितामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने सात प्रदेशका टोली र एक घरेलु टोली सहित आठ टीमले भाग लिने प्रतियोगिता संयोजक दिनेश श्रेष्ठले बताए ।

प्रतियोगिताको उद्घाटन खेल सुदूरपश्चिम प्रदेश रातो र कर्णाली प्रदेशबीच हुने छ ।

समुह एमा सुदूरपश्चिम प्रदेश रातो, कर्णाली प्रदेश, बागमति प्रदेश र प्रदेश नम्बर १ समुह रहेका छन् । त्यस्तै, समुह बी मा मधेश प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम निलो रहेका छन् ।

प्रतियोगिताको विजेताले पाँच लाख तथा उपविजेताले तीन लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, विभिन्न विधाका उत्कृष्ट खेलाडीहरुले जनही १० हजार तथा म्यान अझ द सिरिजले २० हजार रुपैयाँ प्राप्त गर्नेछ ।

प्रतियोगिताको मुख्य प्रवद्र्धक सुदूरपश्चिम खेलकुद परिषद् रहेको छ । त्यस्तै सहप्रायोजकमा नेपाल टेलिकम र राष्ट्रिय खेलकुद परिषद् नेपाल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार