१२ बैशाख २०८१, बुधबार

शुभकामना सातौं संविधान दिवसको



सातौं संविधान दिवस
संविधान तिमी अक्षरमा सबैको घर घरमा,
चुलो चौकामा आएका छौं,
सबैको स्वास्थ्यमा आएका छौं,
सबैका शिक्षामा, अनि विभेद रहित समाजमा आएका छौं,
खुसी नेपाली समृद्ध नेपालको नाममा आएका छौं ।।

तर संविधान तिमी अक्षरमा मात्रै आएर के गर्नु
शासकहरुले तिमीलाई बीच बाटो बाट नै अपहरण गर्छन्,
तिम्रो घाटी निमोट्छन्, तिमी गरिव,
विपन्न, असहायकोमा आउन खोज्छौ
बाटो नै अवरुद्ध गर्छन् ।।

खै शासकको बुद्धि फेरिएको भए
सात वर्षमा नेपालले काचुली फेरि सक्थ्यो,
विकासमा फड्को मारी सक्थ्यो,
केबल हाम्रा चाहना
कुरामा मात्रै सिमित भए ।।

यदि अक्षर र गफले मात्रै विकास हुने भएको भए,
सायद हामी विश्वको शक्तिशाली
सम्पन्न देश बनी सक्थ्यौ होला
अब अक्षर होइन अक्षरस संविधानको
पालना होस्
शुभकामना सातौं संविधान दिवसको ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार