२ जेष्ठ २०८१, बुधबार

मुक्त कमैयासम्वन्धी ऐन अध्यादेशबाट ल्याउछौ : मुख्यमन्त्री भट्ट




धनगढी / सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सभाको अधिवेशन अन्त्य भइसकेकोले मुक्त कमैया, कम्लहरी, मुक्त हलियासम्वन्धी ऐन अव अध्यादेशबाट ल्याउने बताएका छन् ।

सो ऐन आएपछि मुक्त कमैया लगायतका वर्गको हीत हुने उनले बताए । शनिबार मुक्त कमैया महिला विकास मञ्च कैलालीको १५ औ साधारण सभा तथा पाँचौ अधिवेशनको उद्घाट्न गर्दे मुख्यमन्त्री भट्टले भूमी सम्वन्धी अधिकार सङ्घीय सरकारसंग भएकोले मुक्त कमैया, कम्लहरी, मुक्त हलिया र भूमिहीनका पक्षमा धेरै काम गर्न नसकेको बताए ।

उनले भने जग्गा दिन नसके पनि प्रदेश सरकारले पछाडि परेका वर्गलाई स्वरोगजारमुलक तालिम दिएका छौ, फेरि पनि कुन सीपमा मुक्त कमैया, कम्लहरी र मुक्त हलिया तालिम लिन चाहन्छन् योजना ल्याउनुस तालिम दिलाउन सकिन्छ ।

मुख्यमन्त्री भट्टले नजिकको सरकार प्रदेश र स्थानीय तहले जग्गा नभएकालाई जग्गा नदिन सक्दा सङ्घीयताप्रति वितृष्णा आएको बताउदै भूमिहीनलाई जग्गा दिनका लागि सङ्घ सरकार गम्भीर हुनुपर्ने बताए ।

मुक्त कमैया महिला विकास मञ्चका अध्यक्ष कौशिला चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा संविधान सभाका सदस्य हरी श्रीपाइली, प्रदेश सरकार मुख्य न्याधिवक्ता कुलानन्द उपाध्याय, प्रमुख जिल्ला अधिकारी किरण थापा, नेपाल बार एशोशिएसनका केन्द्रीय उपाध्यक्ष तुलाराम गिरी र नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ कैलालीका अध्यक्ष चक्र विक लगायतले साधारण सभाको सफलताको शुभकामना दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार