२० बैशाख २०८१, बिहीबार

रतन थापालाई एमालेले साधारण सदस्यबाट हटायो



धनगढी/ आजै काठमाडौ गएर रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका आफ्ना पूर्व अध्यक्ष रतन थापालाई नेकपा (एमाले) कैलालीले साधारण सदस्य समेत नरहने गरेर कार्वाही गरेको छ।

एमालेका कैलालीका कार्यवाहक अध्यक्ष दुर्गा जोशीद्वारा हस्ताक्षरित पत्रमा प्रदेश सभा सदस्य समेत रहेका थापालाई साधारण सदस्य समेत नरहने गरेर कार्वाही गरेको उल्लेख छ ।

पार्टी विद्यानको धारा ८१ को उप धारा १ बमोजिम थापालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निश्कासन गरेको पत्रमा उल्लेख छ। थापासंगै उनकी पत्नी तथा लम्की चुहा नगरपालिकाकी निवर्तमान उपप्रमुख टिका थापा, तुला थापा, धरम थापा, दुजराम चौधरी र पूर्ण साउँदलाइपनि पार्टीले निश्कासन गरेको जनाएको छ।

एमालेले अध्यक्ष भएर पनि पार्टी हराउन थालेको र केन्द्रीय अध्यक्ष केपी ओलीलाई समेत अपुतो भनेको भन्दै थापालाई पदबाट निलम्बन गरेको थियो ।

निलम्बन परेपछि एमालेको उम्मेदवार बन्न नसक्ने भएपछि उनी उन्मुक्तीमा गएको बताइन्छ । स्रोतका अनुसार उनी सो पार्टीबाट प्रदेश सभा सदस्यका उम्मेदवार बन्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार