२० बैशाख २०८१, बिहीबार

मोहना नदीमा डुबेर दुई जना बेपत्ता




धनगढी/ कैलालीस्थित मोहना नदीमा डुबेर बिहीबार धनगढीका दुई जना बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार धनगढी उपमहानगरपालिका–३ का १० वर्षीय प्रिन्स राना र धनगढी उपमहानगरपालिका–९ खेदाका २७ वर्षीय रिसमान चौधरी नदीमा डुबेर बेपत्ता भएका हुन । बेपत्ता दुवैको खोजी कार्य भइरहेको जनाइएको छ ।

रिसमान नदीमा आएको बाढीले बगाएर ल्याएको दाउरा निकाल्ने क्रममा डुबेर बेपत्ता भएको प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए । बेपत्ता व्यक्तिहरुको खोजीकार्य भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार