२० बैशाख २०८१, बिहीबार

प्रतिनिधि सभाका सांसद विना बुढाथोकी समाजवादीमै




धनगढी / नेकपा (एकीकृत समाजवादी) का प्रतिनिधि सभा सदस्य रहेकी विना बुढाथोकी एमाले प्रवेश गर्ने हल्ला झुटो सावित भएको छ ।

उनी र उनका श्रीमान वीरबहादुर बुढाथोकी बुधबार एमाले जाने हल्ला चलेको थियो । बुढाथोकी दम्पतिले आफूहरु समाजवादीमै रहेको प्रतिक्रिया दिएका छन् ।

संसद विघठन ठिक हो भन्नेसित जान सकिदैन बुढाथोकी दम्पतिको प्रतिक्रिया छ । एमाले अध्यक्ष केपी ओलीले आफू प्रधानमन्त्री हुँदा दुई पटक प्रतिनिधि सभा विघठन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार