२० बैशाख २०८१, बिहीबार

क्रिकेट छनौट प्रतियोगिता शुरु



धनगढी / पोखरामा हुन गैरहेको नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुनका लागि सुदुरपश्चिम प्रदेश स्तरीय पुरुष क्रिकेट छनौट प्रतियोगिता आजदेखि धनगढीमा शुरु भएको छ ।

छनौट प्रतियोगिताको एक कार्यक्रमका वीच सुदूरपश्चिम प्रदेश खेलकुद परिषदका सदस्य सचिव दिपक सिह गरेका थिए । क्रिकेट संघ सुदुरपश्चिम प्रदेशका अध्यक्ष हरि रेग्मीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

सुदुरपश्चिम प्रदेशका नौ वटै जिल्लाको सहभागिता रहेको प्रतियोगिता आदेखि शुरु भएर १८ गतेसम्म सञ्चालन हुनेछ । पुरुष खेल सकिएपछि महिला क्रिकेट छनौट प्रतियोगिता शुरु हुने अध्यक्ष रेग्मीले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार