२४ बैशाख २०८१, सोमबार

कैलाली ५ को ‘ख’ मा कांग्रेसका आठ प्रत्यक्ष सहित ३४ को दावी



धनगढी / आगामी प्रदेश सभाको निर्वाचनका उम्मेदवार वन्न नेपाली कांग्रेसबाट कैलाली क्षेत्र नम्बर ५ को ‘ख’ मा प्रत्यक्षतर्फ अपेक्षा गरे भन्दा कमले दावी गरेका छन् ।

कैलाली क्षेत्र नम्बर ५ को ‘ख’ मा आठ जनाले मात्र प्रत्यक्षमा दावी गरेका छन् । धनगढी बजार समेत समेटिएको यो क्षेत्रबाट समानुपातिकमा भने २६ जनाको दावेदारी परेको छ ।

संघीय निर्वाचन क्षेत्र नम्बर ५ प्रदेश सभा ‘ख’ को कार्यसमितिले आज सोमबार दिउँसो १ बजेदेखि ५ बजेसम्म उम्मेदवार बन्न सक्नेहरूलाई दावी पेस गर्न भनेको थियो । सो समय सीमासमानुपातिक र प्रत्यक्षका आकांक्षीहरुले फारम भरेका हुन् ।

यसरी दावी पेस गर्नेमा हाल प्रदेश सभा सदस्य डिल्लीराज पन्तदेखि कांग्रेसका प्रदेश समितिका महामन्त्री नरनारायण शाह मनु पनि छन् । पन्तले प्रत्यक्ष र शाहले प्रत्यक्ष र समानुपातिक दुबैमा दावी गरेका छन् ।

यस्तै गरेर धनगढी उपमहानगरपालिकाकी निवर्तमान उपप्रमुख सुशीला मिश्र भट्टले समानुपातिकमा दावी गरेकी छन् । यस्तै व्यवसायी तथा कांग्रेस नेता कृष्णबहादुर महरा, युवानेता क्षितिज भण्डारी, जिल्ला सचिवद्धय नृप सुनार र केशव मिश्रले पनि उम्मेदवार हुने चाहना राखेका छन् । अरुले प्रत्यक्षमा दावेदारी प्रस्तुत गरे पनि सचिव सुनारले समानुपातिकमा दावेदारी पेश गरेका छन् ।

भूमि आयोग कैलालीका अध्यक्ष यज्ञराज उपाध्यक्ष , वडा नम्बर ५ का निवर्तमान वडाध्यक्ष हिरासिंह पातलीले पनि समानुपातिकमा दावी गरेका छन् ।

कांग्रेसले स्थानीय तह लडेकालाई उम्मेदवार बनाउन नमिल्ने विधी बनाएकोले निवर्तमान मेयर नृप वडले उम्मेदवारमा दावेदारी गर्न पाएनन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार